१९ आश्विन २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी पहिरोले क्षतिग्रस्त भएपछि दक्षिणकाली मन्दिरलाई पुरानै अवस्थामा फर्काउने प्रयास

१९ आश्विन २०८१, शनिबार १८:५१

काठमाडौं । गत शुक्रबार र शनिबार गएको भिषण बाढी पहिरोमा काठमाडौंस्थित दक्षिणकाली मन्दिरमा ठूलो क्षति भएपछि स्थानीय सरसफाइ र संरक्षणमा जुटेका छन् ।

वडादशैंमा भीडभाड हुने मन्दिर परिसरका अधिकांश संरचना भत्किएको र लेदो माटो पसेकाले स्थानीय जनप्रतिनिधिको अगुवाइमा सरसफाइ गरिएको छ । उक्त कार्यका लागि नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीले पनि साथ दिएका छन् ।

बाढीले मन्दिर परिसरमा लेदो माटो जमेर दर्शन गर्न असहज भएको थियो । तर शनिबार सरसफाइ गरेपछि केही सहज भएको छ । नगरप्रमुख मोहन बस्नेतका अनुसार वर्षाका कारण कसैले पनि कल्पना नगरेको क्षति व्यहोर्नु परेकाले सबै मिलेर मन्दिर सफा गरेको जानकारी दिए ।

‘दशैँको अवसरमा भएको क्षति गम्भीर छ । यसमा सबैले धैर्यताका साथ विपद्लाई सामना गर्नुपर्ने अवस्था छ । नगरपालिका र समितिको संयुक्त प्रयासले गर्दा भक्तजन आउन सहज अवस्था भएको छ,’उनले भने,‘अपाङ्ग र ज्येष्ठ नागरिकहरुका लागि छिटो दर्शन गर्ने वातावरण मिलाएका छौं साथै औषधीको पनि व्यवस्था गरेका छौ ।’

नगरपालिकाको अधिकृत एवं दक्षिणकाली धार्मिक तथा सांस्कृतिक क्षेत्र विकास व्यवस्थापन समितिको कार्यकारी अधिकृत पेशल कुमार पोखरेलले मन्दिरलाई पहिलेकै अवस्थामा ल्याउने प्रयास भइरहेको बताए । नेपाल आर्मी, नेपाल प्रहरी लगायत विभिन्न संघ संस्था, स्वंमसेवक र हामी सबै मिलेर पाँच दिन यता सरसफाइमा जुटिरहेको उनले जानकारी दिए ।

दक्षिणकाली–६ का वडाध्यक्ष शैलेसमान मानन्धरले नगरपालिका, वडा कार्यालय, व्यवस्थापन समिति, नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरी र भक्तजनहरुको सहयोगमा बाटो खुलाउने र फोहोरहरु सफा गरेर मन्दिर सुचारु गरिसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड व्यवस्था र सरकार दुवै फाल्नुपर्छ: ज्ञानेन्द्र शाही परराष्ट्रमन्त्री डा. राणा आज स्वदेश फर्कँदै जिम्मेवारी हेरफेरले राप्रपामा विवाद बल्झियो एमाले सांसद शाहीले गरे बालेनको आलोचना : बाढीमा खै उद्धार गरेको ? प्रधानमन्त्रीले अङ्ग्रेजी नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग गर्नुभएको होइन: शंकर पोखरेल अनेरास्ववियु क्रान्तिकारीको आजको बन्दसत्र स्थगित   अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा भद्रगोल, पार्टीले हस्तक्षेप गर्दै अखिल क्रान्तिकारी सम्मेलनमा आज पनि झडप, हलमा हात हालाहाल सरकारको योजना : दुई दिनभित्र खोज-उद्धार सकेर बाढीपहिरो पीडितलाई राहत सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पबल्खुका बाढीपीडितहरूसँग प्रचण्डको अन्तरक्रिया प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन राजेन्द्र लिङ्देन भन्छन्- विपदको क्षति न्युन गर्न सरकार चुक्यो प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा कुर्सी हानाहान र कुटाकुट दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्नेमा’, अर्को सुनुवाइ मंगलबार वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री ! धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरुवा प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै कोशी ब्यारेजको जलसतह आधा घट्यो