२१ आश्विन २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वभर दशैंको विधि एउटै हो तर तिथि फरक पर्छः देवमणि भट्टराई

२१ आश्विन २०८१, सोमबार ०८:५२

काठमाडौँ | जहाँ जहाँ नेपाली पुगेका हुन्छन् त्यहाँ दशैं मनाउने चलन छ । विदेशमा रोजगारीका लागि होस या व्यापार गरेर बसेकाहरु उनीहरु दशैं मान्छन् ।सबैले परम्परा अंगालेका छन् ।देश अनुसार तिथिको कुरा फरक होला तर विधि उस्तै हो । तोकिएको साइतमा टीका लगाउने परम्परा छ ।

प्राध्यापक डाक्टर देवमणि भट्टराई नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक हुन । उनी वाल्मिकी क्याम्पसमा धर्मशास्त्र विभागमा कार्यरत छन् । त्यसका अलावा उनी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य समेत हुन । हिन्दुहरुको महान पर्व वडादशैंका सन्दर्भमा नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।

दशैं सबैको भएकाले समावेशी छ ः
सांस्कृतिक हिसाबले रातो र सेतो टीकाको महत्व उस्तै छ ः
विश्वभर दशैंको विधि एउटै हो तर तिथि फरक पर्छ ः
चैते दशैँ र वडा दशैँमा के भिन्नता छ ?

खासमा दशैँ चार वटा हुन्छन् । एउटा आश्विनमा मनाइने वडादशैं, त्यसैगरी चैते दशैँ, अर्को माघ शुक्लदेखि दशमीसम्म र अर्को आषाढ शुक्लदेखि दशमीसम्म गरेर चारवटा दशैं हुन्छन् । यि चारवटा दशैँको महत्व उत्तिकै छ ।विशेष गरेर नेपालको सन्दर्भमा विजयको सुरुवातको रुपमा असोजको दशैँलाई मुख्य रुपमा लिने प्रचलन छ । यसमा भागवान राम पनि विजयको लागि यही समयमा हिड्नु भएकालेपौराणिक कथाहरु पनि यसमा जोडिएको छ । अन्य देवी देवताका धार्मिक पक्षहरु पनि यसमा जोडिएकाले बर्षका चारवटा दशैँ मध्येअसोजको दशैंलाईं वडादशैँ मानिएको हो ।

वडादशैंलाई विजयको प्रतिक पनि मानिन्छ, त्यसो किन भनिएको हो ?

पौराणिक कथाहरु अनुसार राम कुनै समय वनबास जानु भएको थियो । विजया दशमीका दिनमा नै उहाँ प्रस्थान गर्नु भएको थियो । यसलाई एउटा विजयीको प्रतिक मानियो ।अर्को कुरा, देवीको आरधना गर्न वातावरणदेखि प्रकृतिका दृष्टिले पनियतिबेलाको मौसम अनुकुल भएकाले

यसको पृथक महत्व छ । यद्यपी यस वर्षको अवस्था प्रतिकुल भयो । मौसमले गर्दा प्राकृतिक अवस्था राम्रो भएन । तर सामान्यतया यतिबेला घामपानी जस्ता सबै कुराले उचित समय हो । वैज्ञानिक र प्राकृतिक हिसाबले पनि दशैंको विशेष महत्व छ ।

दशैं भनेपछि दश दिनसम्म पूजापाठ गर्ने गरिन्छ । दशदिनसम्म के के हुन्छ ?

दशैंका दश दिनको भिन्नाभिनै महत्व छ । प्रत्येक दिनको पौराणिक र धार्मिक विविध कारणहरु छन । तर नवरात्रको विशेष महत्व छ । नौ दिनसम्म उपवास गर्ने, पहिलो दिन जमरा राख्ने अनि नौ दिनसम्म क्रमशः यसको पूजा गर्ने प्रचलन छ । प्रत्येक दिनका पूजा र विधिहरु फरक छन् । घटस्थापनाको दिनमा शुभ साइतमा जमरा राख्छौ । त्यसलाई दशमीको दिनमा विसर्जन गर्छौ । दश दिनभित्र विशेष कार्य गर्नुपर्ने भएकाले सबै दिन विशेष महत्वका छन् ।

विश्वभर हिन्दुहरुको संख्या फैलिएकोछ । दशैँ मान्ने परम्परा वा तरिका ठाँउ अनुसार फरक हुन्छ कि एउटै हो ?

देश अनुसार तिथिको कुरा फरक होला तर विधि उस्तै हो । जस्तै घटस्थापनाको लागि अश्विन शुक्ल प्रतिपदा चाहियो, त्यो कहिले पर्छ तिथि हेरिन्छ । अष्टे«लियामा यसपाली दशैँको साइत यहाँ भएको दिनको भोलिपल्ट छ । किनभने दशमी तिथिको प्रवेश भोलिपल्ट मात्र भयो । तिथिलाई एकदमै विशिष्ट मानिएको हुन्छ । बार, गते होइन तिथिलाई विशेष मानिएको हुन्छ ।

नेपालको सन्दर्भमा हिन्दुहरु भित्रै पनि विभिन्न जातजातीहरु छन् । उनीहरुले दशैंलाई फरक फरक तरिकाले मनाउने गर्छन् । कसैले सेतो टीका, कसैले रातो टीका लगाउँछन् । यस्तो भिन्नता किन ?

टीक लगाउने भनेको प्रकृति पूजकको रुपमा पनि हुन्छ । जसले प्रकृतिलाई पूजा गर्नुहुन्छ उहाँहरुको आफ्नै विधि छ । उहाँहरुलेप्रकृतिबाट लिने भनेको सेतो हो । सेतो दही हुन्छ, अक्षता हुन्छ । दही र अक्षता सेतो भएको हुनाले उहाँहरुले आफ्नो विधि र भिन्नता छाड्नु भएको छैन् ।

अर्कोतिर रातो भनेको विजयको प्रतिक भएको हुनाले रातो टीका लगाइन्छ । दशैँ भनेको व्यक्ति, गाँउ, घर वा समाजको नभइ राष्ट्रको हो । त्यसकारण राष्ट्रले विजय प्राप्त गरेको दिनलाई पनि जोडिन्छ । हामीले त्यही भएर रातो लगाउँछौ तर सेतो टीका लगाउनु पनि अनुचित होइन ।

दशैँबाट एक खालको उर्जा प्राप्त गर्ने हो । वर्ष दिनसम्म पैसा जोगाएर, खेतीपातीबाट विश्राम लिएर मनाउने हो । दशैँैमा नौ दिनमा उर्जा प्राप्त गरेर बलशाली भएर अगाडि बढ्ने हो ।

नेपाल र भारतमा बस्ने हिन्दुहरु एउटै हुन् । तर उनीहरुले मनाउने र नेपालमा मनाइने दशैंमा केही फरक छ ? भारतमा किन दशहरा पूजा गरिएको ?

हामीले एउटा के गौरव गर्नुपर्छ भने अहिलेसम्म कसैको पराधिन भएनौं । हाम्रा धर्म, संस्कार, संस्कृतिहरु जे पूर्वदेखि आएका परम्परालाई डोहोर्याइरहेका छौं । यो अहिलेसम्म पनि जीवन्त छ । जस्तो सगरमाथाको उचाइ छ त्यसैगरि धर्म परम्परा पनि जीवित नै छन् । यसकारण मानिसहरु यहाँ रिचार्ज हुन आउने गर्छन् । नेपालमा त्यस्तो शान्त र नयाँ उर्जा दिने ठाँउहरु छन् ।

भारतमा रहेको परम्परा अंग्रेजको शासन भन्दा पहिला जस्तो रहन सकेको छैन् । तर नेपालमा अझै परम्परा कायम छ र यसकारण नेपालमा विजया दशमीका दिन टीका लगाउने जस्तो परम्परा कतै छैन् । यसलाई बचाएर राख्नु हामी सबैको कर्तव्य हो ।

हाम्रोमा विभिन्न खालको रथ यात्राहरु हुन्छन्, कुमारी पूजा हुन्छ । यस्तो खालको विशिष्ट परम्परा देशमा अझै जीवन्त छ । अन्य देशमा यो लुप्त हुदैँ गएको छ । राजसिंहासन नै छाडेर कुमारीको पूजा गर्ने चलन छ । विश्वमा सनातन धर्मको मर्म लुप्त हुँदै गएका छन् ।त्यसकारण भएको संस्कृतीलाई जीवन्त राख्नुपर्छ । जीवन्त राख्न सक्यौ भने पक्कै पनि उचाई प्राप्त गर्न सक्छौ र यसको अनुशरण सबैले गर्न सक्छन् । दशैं सबैको हो, यो पर्व समावेशी छ ।

हुनत विश्वभर सनातन हिन्दुहरुले दशैंको पूजा गर्ने प्रचलन उस्तै हो । नवदुर्गाको स्थापना, जमरा राख्ने कुरामा कुनै कमी छैन् । पहिलो दिन, दोस्रो, तेस्रो, चौथो, पाचौँ दिन गर्ने पूजाहरुको कुराहरु उस्तै हुन् ।छैठौ दिन बेललाई निमन्त्रणा गर्नुपर्छ । सातौ दिन फूलपाती भित्राउने कुराहरु सबैतिर होलान् तर हाम्रोमा शासन व्यवस्थाले केही परिवर्तन भयो होला तर विधि उस्तै हो । गोरखा दरबारको पूजा, हनुमान ढोकाको पूजा लगायत अन्य पूजा गर्ने परम्परा अन्यत्र कतै छैन् ।

भारत र बेलायतमा गोर्खा सैनिक व्यारेकभित्र दशैं मनाउने चलन छ । यसबारे हजुरलाई केही जानकारी छ ?

जहाँ जहाँ नेपाली पुगेका हुन्छन् त्यहाँ दशैं मनाउने चलन छ । विदेशमा रोजगारीका लागि होस या व्यापार गरेर बसेकाहरु छन् उनीहरु दशैं मान्छन् । उनीहरु सबैले परम्परा अंगालेका छन् । भारतले पनि गोर्खाली सेनाहरुले जे काम गर्छन् त्यसलाई सम्मानका साथ लाग्ने खर्च सरकारले दिएर राखेको छ । यसरी नै बेलायतमा पनि नेपालीहरु पुगेको हुनाले हाम्रो परम्पराको र धर्म संस्कृतिलाई ति देशहरुले सम्मान गरेका छन् । आफ्नो परम्परा नछोड्ने मानिसलाई जहाँ पनि मानिदो रहेछ भन्ने पनि यसले सन्देश दिन्छ ।

हिन्दु धर्म शास्त्रभित्र बलि प्रथालाई कुन रुपमा व्याख्या गरिएको छ ?

धर्मशास्त्रले के भन्छ भने यदी तिमी मासु खादैनौ भने बलि नदेउ । बाहुनहरुले बलि दिने विधा नै छैन् । तथापी बलिपरम्परादेखि नै चलि आएको छ । यज्ञका लागि पशुहरुको दृष्टि गरिएको हो । वास्तवमा काम, लोभ, मोहको बलि दिनु पर्ने हो तर त्यो कुरालाई त्याग्नकालागि प्रतिकको रुपमा पशु बलि दिने चलन छ । नेपालको परम्परामा यो कुराहरु दशैँबाट भिन्न गर्न सक्दैनौ । यो चलिरहेको परम्परा हो । नखानेले नदिने ठिक छ, यसको विशिष्ट परम्परा रहेको हुनाले यसलाई छोड्नभन्दा कसरी गर्ने त्यसबारे सोच्नुपर्छ । व्यवस्थित गर्न सक्नुपर्छ ।

नेपालमा विभिन्न धर्म मान्ने समुदायहरु छन् ।बौद्ध धर्मावलम्वीहरुले पनि दशैँ मान्छन । हिन्दु र वुद्धिष्टहरुको दशैँमा के भिन्नता छ ?

त्यस्तो धेरै भिन्नता छैन । उनीहरु पनि साइतमै सबै कर्म गर्छन । जति पनि मानिसले दशैँ मनाउनुहुन्छ, मनाउनेहरुले त्यो दशैँको साइत नै पर्खिनु हुन्छ । यो सबैले त्यही अनुसार मनाउने गर्छन् भनेपछि यो त राष्ट्रव्यापी पर्व हो ।

दशैंका प्रत्येक दिनको पृथक महत्व छ । तर घटस्थापना र फूलपातीको किन बढी चर्चा हुन्छ ?

घटस्थापना भनेको के हो भने दियो, कलश, गणेशको पूजा गरेर घडामाथि एउटा थाली राखेर देवीको यन्त्र लेखेर त्यसमा देवीलाई स्थापना गर्ने हो । घटस्थापना भनेको घडाको र देवीको स्थापना हो ।

यो क्रम पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैठौ दिनसम्म यस्तै विधि अनुसार कर्म गरिन्छ । छैठौ दिनमा विशेष के हुन्छ भने त्यो दिन भगवती दुर्गाको पूजाको लागि आवश्यक पर्ने सामग्रीमा बेलपत्रहरु राखिन्छ । त्यसका निमन्त्रण छैठौ दिनमा गरिन्छ । बेलपत्रको रुखमा गएर निमन्त्रणा गर्नुपर्छ । फूलपातीका दिन त्यहाँबाट त्यो बेलका पातहरु टिपेर, फलहरु टिपेर ल्याएर पूजा कोठामा राख्छौ । फूलपातीको दिन पूजा गरेर घर

घुमेर सम्भव भएसम्म भित्राउने हो ।

किनभने त्यो पत्रहरुमा पनि देवीहरुको बास हुन्छ । नौं खालका फूलहरु र बेलका फलहरु ल्याउनुपर्छ । भोलिपल्ट अष्टमीका दिन पहिलादेखि दुर्गासँगै नौ वटी देवीको पूजा गर्छौ । केराको पात चामलको थुप्रोलगाउने पूजा गर्ने अनि त्यहाँ चढाइएको प्रसाद टीका लगाउँदा प्रयोग गर्छौ ।

नवमीको दिन पहिला थापेको देवी र नौ वटा कन्यालाई पूजा गर्ने र खुवाउने गरिन्छ । त्यसपछि मान्यजनको हातबाट टीका लगाउँछौ ।
पितृहरुको सम्मान गरिसकेपछि जीवितहरुको सम्मान दशैंमा गर्ने हो । अरुबेला गरेपनि दशैँमा विशेष रुपमा सम्मान गर्ने चलन छ । उहाँहरुको आशिर्वाद लिने चलन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड व्यवस्था र सरकार दुवै फाल्नुपर्छ: ज्ञानेन्द्र शाही परराष्ट्रमन्त्री डा. राणा आज स्वदेश फर्कँदै जिम्मेवारी हेरफेरले राप्रपामा विवाद बल्झियो एमाले सांसद शाहीले गरे बालेनको आलोचना : बाढीमा खै उद्धार गरेको ? प्रधानमन्त्रीले अङ्ग्रेजी नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग गर्नुभएको होइन: शंकर पोखरेल अनेरास्ववियु क्रान्तिकारीको आजको बन्दसत्र स्थगित   अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा भद्रगोल, पार्टीले हस्तक्षेप गर्दै अखिल क्रान्तिकारी सम्मेलनमा आज पनि झडप, हलमा हात हालाहाल सरकारको योजना : दुई दिनभित्र खोज-उद्धार सकेर बाढीपहिरो पीडितलाई राहत सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पबल्खुका बाढीपीडितहरूसँग प्रचण्डको अन्तरक्रिया प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन राजेन्द्र लिङ्देन भन्छन्- विपदको क्षति न्युन गर्न सरकार चुक्यो