२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्याङ्गजा - SNJ

स्याङ्जामा सामग्री सार्ने क्रममा विस्फोट, एक जनाको गम्भीर घाइते

२०८१, ४ कार्तिक आईतवार १६:१९

स्याङ्जा | स्याङ्जाको चापाकोट नगरपालिका-४ मल्याङकोटमा सामग्री सार्ने क्रममा भएको विस्फोटमा एक जना घाइते भएका छन्। ४५ वर्षीय गोविन्द पुरी शनिबार साँझ घरको दोस्रो तलामा भाँडाकुँडा सार्ने क्रममा अचानक विस्फोट हुँदा घाइते भएका हुन्। वडाध्यक्ष अर्जुन खाँणका अनुसार विस्फोटबाट घरमा पनि क्षति पुगेको छ।

घाइते पुरीलाई तत्काल लुम्बिनी मेडिकल कलेज, पाल्पा पुर्‍याइएको थियो। उपचारपछि आइतबार उनी घर फर्किएका छन्। विस्फोटका कारण उनका आँखा, अनुहार, खुट्टा, र पेटमा चोट लागेको छ।

घटनाको प्रारम्भिक अनुसन्धानका आधारमा सकेट बम विस्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रहरीले आइतबार सोही घरमा थप अनुसन्धान गर्दा बम बनाउने सामग्री र केही गोली समेत बरामद गरेको छ। घटना थप रहस्यमय बनेकोले विस्तृत अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चापाकोटले जानकारी दिएको छ।

घाइते पुरी नेपाली सेनाबाट दुई वर्षअघि अवकाश भएका थिए। घटना र विस्फोटको स्रोतबारे थप अनुसन्धानपछि मात्र पूर्ण जानकारी सार्वजनिक गरिने प्रहरीले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने