2026-09-12 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सवारी दुर्घटनामा एकको मृत्यु

रौतहट | रौतहटको चपुर–गौर सडकखण्डमा मंगलबार राति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको यमुनामाई गाउँपालिका–२ भेडियाहीस्थित चन्द्रनिगाहपुर–गौर खण्डमा शिवनगरबाट गौरतर्फ आउँदै गरेको बिआर ३२ सि ०५१४ नम्बरको भारतीय मोटरसाइकल र गौरबाट गरुडा जाँदै गरेको प्र.२–०३–०१९प ८९७९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा गरुडा नगरपालिका–५ शिवनगरका ४० वर्षीय रामनरेश साह सोनारको मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी दिपककुमार रायले जानकारी दिए । उनका अनुसार दुवै मोटरसाइकल एक आपसमा ठोक्किएपछि ८९७९ नम्बरको मोटरसाइकल चालक साहलाई गम्भीर चोट लागेको थियो ।

उनलाई शिवदर्शन अस्पताल सुकदेवचोकमा सामान्य उपचारपछि प्रादेशिक अस्पताल गौर पठाइएकोमा राति चिकित्सकले मृत घोषणा गरेको डीएसपी रायले बताए । मृतक साहका आफन्तले रामनरेश मोटरसाइकलको पछाडी बसेको र अर्कैले चलाएको बताएका छन् ।

सुकदेव प्रहरी चौकीले जिल्ला प्रहरीलाई गलत सूचना दिएको मृतकका आफन्तको आरोप छ । रामनरेश चढेको मोटरसाइकल चलाउने व्यक्ति सम्पर्कविहीन भएको उनीहरुको भनाइ छ ।

डीएसपी रायले मोटरसाइकल चलाउने व्यक्ति रामनरेश साह हो, होइन भन्ने अनुसन्धानबाट खुल्ने बताए ।

भारतीय नम्बरप्लेटका मोटरसाइकल चालक राजपुर नगरपालिका–५ का २४ वर्षीय गुफरान हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस