2026-11-01 09:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सवारी दुर्घटनामा एकको मृत्यु

रौतहट | रौतहटको चपुर–गौर सडकखण्डमा मंगलबार राति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको यमुनामाई गाउँपालिका–२ भेडियाहीस्थित चन्द्रनिगाहपुर–गौर खण्डमा शिवनगरबाट गौरतर्फ आउँदै गरेको बिआर ३२ सि ०५१४ नम्बरको भारतीय मोटरसाइकल र गौरबाट गरुडा जाँदै गरेको प्र.२–०३–०१९प ८९७९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा गरुडा नगरपालिका–५ शिवनगरका ४० वर्षीय रामनरेश साह सोनारको मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी दिपककुमार रायले जानकारी दिए । उनका अनुसार दुवै मोटरसाइकल एक आपसमा ठोक्किएपछि ८९७९ नम्बरको मोटरसाइकल चालक साहलाई गम्भीर चोट लागेको थियो ।

उनलाई शिवदर्शन अस्पताल सुकदेवचोकमा सामान्य उपचारपछि प्रादेशिक अस्पताल गौर पठाइएकोमा राति चिकित्सकले मृत घोषणा गरेको डीएसपी रायले बताए । मृतक साहका आफन्तले रामनरेश मोटरसाइकलको पछाडी बसेको र अर्कैले चलाएको बताएका छन् ।

सुकदेव प्रहरी चौकीले जिल्ला प्रहरीलाई गलत सूचना दिएको मृतकका आफन्तको आरोप छ । रामनरेश चढेको मोटरसाइकल चलाउने व्यक्ति सम्पर्कविहीन भएको उनीहरुको भनाइ छ ।

डीएसपी रायले मोटरसाइकल चलाउने व्यक्ति रामनरेश साह हो, होइन भन्ने अनुसन्धानबाट खुल्ने बताए ।

भारतीय नम्बरप्लेटका मोटरसाइकल चालक राजपुर नगरपालिका–५ का २४ वर्षीय गुफरान हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द