माधव बेल्वासे/असार १२, चन्द्रौटा । कपिलवस्तुमा बसोबास गर्दै आएका मुस्लिम समुदायका मानिसहरुले पनि सोमवार इद मनाएका छन् ।

उनीहरुले विहानै नुहाएर नयाँ लुग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव बेल्वासे/असार १२, चन्द्रौटा । कपिलवस्तुमा बसोबास गर्दै आएका मुस्लिम समुदायका मानिसहरुले पनि सोमवार इद मनाएका छन् ।

उनीहरुले विहानै नुहाएर नयाँ लुग"/>

२३ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा ईद हर्षोल्लासका साथ मनाइयो

१२ असार २०७४, सोमबार ११:५४

माधव बेल्वासे/असार १२, चन्द्रौटा । कपिलवस्तुमा बसोबास गर्दै आएका मुस्लिम समुदायका मानिसहरुले पनि सोमवार इद मनाएका छन् ।

उनीहरुले विहानै नुहाएर नयाँ लुगा लगाई इदगाहमा भेला भइ सामूहिक प्रार्थना गरि मनाएका हुन । नजिकिदै गएको चुनावले इदको रौनक अझै बढाएको छ ।कपिलवस्तुका विभिन्न ठाउका इदगाहमा बिहान इदको नमाजका लागि जम्मा भएका हजारौं मुस्लिम समुदायका नागरिकलाई गैर मुस्लिम समुदायले इदको शुभकामना आदानप्रदान गरेका छन् ।

 ईदको उपलक्ष्यमा विपन्न, अशक्त, टुहुरा र असहाय व्यक्तिलाई दान दिएर यस चाडलाई खुसियालिको रुपमा पनि मनाईने मुस्लिम समुदायका अगुवा संचारकर्मि सनिउल्ला धोविले वताए ।

ईदगाहमा मुस्लिम समुदायलाई ईदको शुभकामना दिनका लागि नेकपा माओवादि केन्द्र शिवराज नगरपालिका का मेयर पदका उम्मेदवार डा प्रकाश पौडेल लगाएत उम्मेदवारहरु चन्द्रौटा समितिचोक इदगाहमा पुगेका थिए ।सुरुवात एक महिना अघिदेखि नै उम्मेदवार इदको रोजाका कार्यक्रममा सहभागी हुदै आएका थिए ।यसअघि सामाजिक सद्भावमय हुने गरेको ईद यसपटक भने चुनाव भएको छ ।शिवराज नगरपालिकामा पाच हजार दुई सय मुस्लिम समुदायका मतदाता भएका कारण अधिकांश राजनीतिक दल र उम्मेदवारको ध्यान मुस्लिम मतदातामा केन्द्रीत रहेको छ  ।

शिवराज नगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार जमसेर अलिले विहानै इदगाहमा पुगि नमाज पढि शुभकामना आदान प्रदान गरि मनाएको वताएका छन ।त्यस्तै शिवराज नगरपालिकाकै उपमेयर पदका उम्मेदवार महोम्द मुस्ताफाले पनि यसै गरि मनाएका छन । 

हिजरी सम्वतको ८ औं महिना रजबुल मुरज्जबको समाप्तीपछि त्यसको भोलिपल्टदेखि रमजानुल मुबारकको महिना सुरु हुने गर्दछ । रमजानको महिनामा इस्लाम धर्मालम्बीहरु बिहान सूर्य उदाएदेखि सूर्यास्त नहुँदासम्म हरेक दिन एक महिनासम्म केही नखाइकन ब्रत बस्ने गर्दछन् ।  रमजान महिनाको अन्तिम दिन इद पर्दछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, यी विषयमा हुने छलफल त्रिभुवन विमानस्थल आजदेखि पाँच महिना दैनिक १० घण्टा बन्द हुने उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ बढ्यो अमेरिकी डलर र युरोको भाउ एनपिएल : पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक आजको मौसम यी चार प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना सबै विदेशी श्रमिकलाई सञ्चय कोष सुविधा दिने मलेसियाको घोषणा शान्ति प्राप्त गर्नका लागि योगलाई आत्म साथ गरौं: मेयर गजेन्द्र महर्जन छठ पूजामा छालाको जुत्ता लगाएरै सूर्यलाई अर्घ दिएपछि राष्ट्रपतिको आलाेचना करेन्ट लागेर नेपाली सेनाको मृत्यु ‘ह्रस्व दीर्घ’ रिलिजमा ब्रह्मानन्दम नेपाल आउने! उपनिर्वाचनका लागि रास्वपाले खटायो सातै प्रदेशमा नेता फेसबुक प्रेम: पेटमा गर्भ रहेको थाहा पाएपछि ब्लक गरेर प्रेमी भागेपछि.. सलमानपछि शाहरुखलाई पनि ज्यान मार्ने धम्की, पुलिस स्टेसनमा उजुरी दर्ता हात भाँचिएर अस्पतालमा ल्याइएकी बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा चलचित्रपूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु हाउसफूल क्यानडा-अमेरिका सिरिजमा ठूलो मौका गुमायौं : रोहित पौडेल जापान जान नक्कली कागजात बनाउन मन्त्री अधिकारीकै मिलेमतो, गयो मन्त्री पद सीआइबीले थाल्यो एसपी र इन्स्पेक्टर मुछिएको ‘हनी ट्रयाप’ प्रकरणको अनुसन्धान