Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हात भाँचिएर अस्पतालमा ल्याइएकी बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा

२०८१, २२ कार्तिक बिहीबार १४:४६

काठमाडौँ | डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा ९ वर्षीया बालिका रजनी भुलको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी रजनी बायाँ हात भाँचिएपछि उपचारका लागि अस्पतालमा ल्याइएकी थिइन्। बुधबार राति करिब ८ बजे शल्यक्रिया गर्न सुइमार्फत एनेस्थेसिया दिइएको थियो, तर बालिका होसमा नआएपछि उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख एसपी विनोद शर्माका अनुसार, बेहोस बनाउने क्रममा दिइएको औषधिको असरले मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। घटनापछि मृतकका आफन्त र स्थानीय बासिन्दाले अस्पतालमा लापरबाहीको आरोप लगाउँदै तोडफोड गरेका छन्। थप क्षति रोक्न र घटनाको छानबिन गर्न प्रहरीले शल्यक्रियामा संलग्न चिकित्सकहरूलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले चिकित्सक डा. राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी, र डा. अभिषेक यादवलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। एसपी शर्माका अनुसार, नियन्त्रणमा रहेका चिकित्सकहरूको मेडिकल चेकजाँच गर्दा अल्कोहल सेवनको कुनै संकेत देखिएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

मृतकका आफन्तले चिकित्सकहरूको लापरबाहीले बालिकाको मृत्यु भएको दाबी गर्दै अस्पतालबाट शव उठाउन अस्वीकार गरेका छन्। मृतकका बाबा रोजगारको सिलसिलामा भारतमा रहेका छन्। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमले घटनाको औपचारिक जानकारी आउन बाँकी रहेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ