दलसिंह गिरी/असार १४, कालिकोट । बालमैत्री आचार संहिताका सवालमा पत्रकारिता पेशा जिम्मेवार मात्र नभै थप जिम्मेवार रहेको प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/असार १४, कालिकोट । बालमैत्री आचार संहिताका सवालमा पत्रकारिता पेशा जिम्मेवार मात्र नभै थप जिम्मेवार रहेको प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले "/>

२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बालमैत्री आचार संहिताका सवालमा पत्रकार जिम्मेवार हैन थप जिम्मेवार होः प्रजिअ सुवेदी

२०७४, १४ असार बुधबार ०३:२५


दलसिंह गिरी/असार १४, कालिकोट । बालमैत्री आचार संहिताका सवालमा पत्रकारिता पेशा जिम्मेवार मात्र नभै थप जिम्मेवार रहेको प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले बताउनु भएको छ । 

बालबालिका संग सम्बन्धित कुनैपनि घटनाहरु बढी सम्बेदनशिल हुने भएकाले ति घटनाहरु सम्प्रेशण गर्दा बालबालिकाको भविश्यमा कुनै खलल् नपुग्ने गरी सम्प्रेशण गर्नु पर्ने हुदा पत्रकारीता पेशा थप जिम्मेवार रहेको बताउनु भएको हो ।

जिल्लामा कृयाशिल संचारकर्मी र संचार माध्यमका लागि बालमैत्री आचार संहिता बारे एक दिने अभिमुखीकरण कार्यक्रममा सम्बोध गर्दै सुबेदीले पत्रकारहरुलाई बालबालिका संग सम्बन्धित कुनैपनि  घटना सम्पे्रशण गर्दा बालमैत्री आचारसंहिता भित्र रहि घटना सम्पे्रशण गर्न आग्रह गर्नु भएको छ ।

नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेको अध्यक्षता प्रमुख जिल्ला अधिकारी गिरघारी सुवेदीको प्रमुख आथित्यता तथा जिल्ला बालकल्याण समिति कालिकोटका कार्यवहाक अध्यक्ष लालबहादुर मल्लको विशेष आथित्यता, जिल्लामा कृयाशिल सम्पूर्ण पत्रकारहरुको उपस्थिति रहेको छ ।

सेभ द चिल्ड्रेन, किर्डाक नेपालको आर्थिक सहयोग जिल्ला बालकल्याण समिति कालिकोटको समन्वय तथा नेपाल पत्रकार महासंघ कालिकोटको आयोजनामा आयोजित अभिमुखिकरणमा कार्यक्रमको औचित्यबारे नेपाल पत्रकार महासंघ कालिकोटका पूर्व अध्यक्ष एवं सल्लाहकार कालिबहादुर मल्लले प्रकाश पार्नुभएको छ । भने  समाचार लेखनमा अपनाईने सतर्कता र फिचर लेखन शैलीबारे पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डेले अभिमुखिकरण गर्नु भएको छ ।

नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीले संचालन गर्नु भएको अभिमुखिकरणमा सेभ द चिल्डेनका जिल्ला संयोजक विजय विश्वकर्मा, बालअधिकार अधिकृत बाले विश्वकर्मा, किर्डाक नेपालका प्रतिनिधि लगायत अन्य सबै पत्रकारहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो