२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

बाख्रा चोरेको भन्दै कुटपिट गरी एक युवकको हत्या!

२०८१, २६ कार्तिक सोमबार १२:५३

कैलाली | बाख्रा चोरीको आरोपमा कैलालीको गौरीगंगा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भूलको कुटपिटबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराका अनुसार, शनिबार राति बाख्रा चोरी गरेको निहुँमा सुरेशमाथि कुटपिट भएको थियो।

कुटपिटबाट गम्भीर घाइते भएका सुरेशलाई उपचारका लागि धनगढीको निसर्ग अस्पतालमा भर्ना गरिएको थियो, जहाँ सोमबार उनको निधन भयो।

प्रहरीले सुरेशलाई कुटपिट गरेको आरोपमा कान्तिपुरकै ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भूल, १८ वर्षीय युवक, २३ वर्षीय विशाल विक, र ३० वर्षीय धर्म विकलाई पक्राउ गरेको छ।

सोमबार बिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। यस घटनाबारे थप अनुसन्धान गर्दै इलाका प्रहरी कार्यालय मालाखेतीले उनीहरूमाथि मुद्दा चलाउने तयारी गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा