९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसाद बजगाईंविरूद्व मन्त्री पाण्डेले दिए उजुरी

३० कार्तिक २०८१, शुक्रबार १२:५७

काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आफ्नै पार्टीका सांसद राजेन्द्र बजगाईंविरुद्ध शृङ्खलाबद्ध रूपमा कुप्रचार गरेको आरोप लगाउँदै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका छन्।

पाण्डेले बिहीबार अनुशासन समितिमा र शुक्रबार संसदीय दलमा बुझाएको उजुरीमा बजगाईंले मन्त्री नियुक्त भएदेखि नै विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमा निरन्तर कुप्रचार गरेको उल्लेख गरेका छन्।

मन्त्री पाण्डेको आरोप
पाण्डेले बजगाईंले सामाजिक सञ्जालमार्फत आफूलाई भ्रष्टाचारको आरोप लगाएर पार्टीको आन्तरिक अनुशासन र आफ्नो व्यक्तिगत इमानमा आँच पुर्‍याएको दाबी गरेका छन्। उजुरीमा उनले भनेका छन्, “नेपाली कांग्रेसका निर्वाचित सांसदले पार्टीको विचार, सिद्धान्त र आदर्शमा आँच पुर्‍याउँदै मेरो व्यक्तिगत भावना र पार्टीको छवि माथि गम्भीर चोट पुर्‍याएका छन्।”

बजगाईंले पाण्डेमाथि क्यासिनो इजाजत प्रक्रियामा भ्रष्टाचारको आरोप लगाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेपछि यस विषयले चर्चा पाएको थियो। तर मन्त्री पाण्डेले यो आरोपलाई निराधार भन्दै कानुनी प्रक्रिया अपनाउने चेतावनी दिए। त्यसपछि बजगाईंले आफ्नो पोस्ट केही घण्टामै हटाएका थिए।

मन्त्री पाण्डेले उजुरीमा बजगाईंले घुस र रिसवत जस्ता गम्भीर आरोप लगाउँदै आफ्नो चरित्रमा आँच पुर्‍याउने प्रयास गरेको बताएका छन्। उजुरीमा उनले बजगाईंको यस्तो गतिविधि पार्टी अनुशासन, विधिको शासन, र संसदीय मर्यादाविरुद्ध रहेको उल्लेख गरेका छन्।

पाण्डेले बजगाईंका अमर्यादित र अराजक गतिविधिहरूको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न र आवश्यक कानुनी कारबाही गर्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन्।

सम्बन्धित पोस्ट हटाए पनि बजगाईंले हालसम्म मन्त्री पाण्डेको उजुरीप्रति कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।

यस घटनाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र अनुशासन उल्लंघनको विषयलाई पुनः सतहमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता