२ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चालनमा आएको तीन महिना पनि नपुग्दै धरहरा अनिश्चितकालका लागि बन्द

२ मंसिर २०८१, आईतवार १३:०७

काठमाडौँ | सञ्चालनमा आएको तीन महिना पनि नपुग्दै काठमाडौंको धरहरा अनिश्चितकालका लागि बन्द भएको छ। सहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरका अनुसार धरहरा लिफ्ट बिग्रिएको कारणले बन्द गरिएको हो।

‘लिफ्ट बिग्रिएकोले केहि दिनअघिदेखि धरहरा बन्द गरिएको छ। मर्मत भएपछि पुन: सञ्चालनमा ल्याइनेछ,’ तुलाधरले बताएका छन्।

२०७२ सालको विनाशकारी भूकम्पले धरहरा ढलेपछि २०७५ मा पुनर्निर्माण थालिएको थियो। निर्माण पूरा नभएसमेत, संविधान दिवसको अवसरमा गत असोज ३ गते धरहरा परीक्षणका लागि खोलिएको थियो।

तत्काल परीक्षणका लागि धरहरा निःशुल्क चढ्न दिने व्यवस्था गरिएको थियो। दैनिक ६०० जनाले अनलाइनमार्फत टिकट बुक गरी धरहरा चढ्न पाउने व्यवस्था गरिएको थियो। पछि, चढ्न पाउनेको संख्या बढाएर एक हजार ५० पुर्‍याइएको थियो।

धरहरा खुला भएदेखि हालसम्म २५,७४२ जनाले अवलोकन गरेको तथ्याङ्क सार्वजनिक भएको छ। तर, बुधवार र सार्वजनिक बिदाको दिन बाहेक अन्य दिनमा मात्र धरहरा खुला गरिएको थियो।

२०७२ को भूकम्पले ध्वस्त बनेको धरहरा पुनर्निर्माण गर्न ६ वर्ष लाग्यो। तर, निर्माण अझै पनि पूर्ण रूपमा सम्पन्न नभएको अवस्थामा धरहरा मर्मतको समस्याले फेरि बन्द भएको हो।

धरहरा पुन: सञ्चालनमा ल्याउने मिति तय नभए पनि मर्मतकार्य छिट्टै सम्पन्न गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई भेट्न नपाएपछि कास्की प्रहरीविरुद्ध मानवअधिकार आयोगमा उजुरी रास्वपाको दाबी- सहकारीबाट अपचलन भएको ८८ अर्ब मकै पोल्ने र जुत्ता पालिस गर्नेको होईन, राजनीतिक भ्रष्टाचारीको हो इजरायली प्रधानमन्त्री नेतन्याहुको घरमा फेरि आक्रमण रवि लामिछानेविरुद्ध फेरि पक्राउ पुर्जी जारी ‘कर्मा’मा उपासना र मुकुन भुषाल अनुबन्धित ‘पुष्पा २’ ट्रेलर आज सार्वजनिक हुँदै: कहाँ र कति बजे हेर्न सकिन्छ? नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत हो : राष्ट्रपति पौडेल पूर्वसभामुख दमननाथ ढुंगानाको निधन कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ? खादा र माला सहित तामझामका साथ उम्मेदवारी दिन निस्किएका महर्जनले उम्मेदवारी रोक्नुपरेपछी…. ओखलढुंगाको जिससमा बन्यो एमाले-कांग्रेस गठबन्धन, कांग्रेसलाई एमालेको साथ उड्न लागेको विमानमा गोली लागेपछि… उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी कोशी अस्पतालमा कैदीको मृत्यु रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो प्रत्यारोपण केन्द्रमा डेढ महिनादेखि प्रदर्शन, स्वास्थ्यमन्त्री र डा.श्रेष्ठले मिलेमतो गरेको आरोप सञ्चालनमा आएको तीन महिना पनि नपुग्दै धरहरा अनिश्चितकालका लागि बन्द रुसमा ३४ नेपाली विद्यार्थी पक्राउ, देश निकाला गर्न अदालतको आदेश चलचित्र क्षेत्रमा ‘पूर्णबहादुरकाे सारंगी’ को एतिहासिक रेकर्ड, तर किन यी २० हलहरुबाट फिल्म उतार्दै छन् निर्माता? इजरायली प्रधानमन्त्रीको घरमा फेरी दुईवटा फ्ल्यास बम आक्रमण, यसरी जोगिए नेतान्याहू