२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ?

२०८१, २ मंसिर आईतवार १५:०४

काठमाडौं । नेकपा एमालेले कीर्तिपुरमा रिक्त मेयर र २ वडाध्यक्षमा उम्मेदवारी दिएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै वडा नम्बर १ को वडाध्यक्षका लागि हर्ष महर्जन र वडा नम्बर ४ का लागि बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गरेका हुन् । नेपाली कांग्रेसले कृष्णमान डंगोललाई उम्मेदवार बनाउन निर्णय गरेपनि उम्मेदवारी दर्ता भने अपरान्ह मात्र गराउने तयारी गरेको छ ।

यस्तै कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनले समेत उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै नेमकिपाको तर्फबाट वडा नम्बर १ मा कृष्णप्रसाद महर्जन र वडा नम्बर ४ मा महेश्वर सुवेदीले मनोनयन दर्ता गराएका छन । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत मेयर र २ वडाध्यक्षमा उम्मेदवारी दिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराए । त्यस्तै वडा नम्बर १ मा सुरेन्द्रप्रसाद उप्रेती र ४ को अध्यक्षमा विजेश बस्नेतले मनोनयन दर्ता गराएका छन् ।

यस्तै मंसिर १६ को स्थानीय तह उपचुनावको लागि कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रोलिंगी दीपक महर्जन (हनि) र वडाध्यक्षमा राजीव महर्जन (मौनी) ले समेत मनोनयन दर्ता गराएका छन् । उनीहरूलाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले टिकट दिएको हो ।

यौनिक तथा लैङ्गिक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनिलाई मेयर र मौनीलाई ४ नम्बर वडाध्यक्षको उम्मेदवार बनाइएको हो । राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिताका लागि उनीहरूलाई अघि सारिएको जसपाले जनाएको छ ।

यस्तै कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार राजमान महर्जन ‘मानव’ ले पनि मनोनयन दर्ता गराएका छन् ।

उनले आज कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् । सफाइ अभियन्ता तथा सामुदायिक कार्यकर्ता मानव नेवा लहना रेस्टुरेन्टका अध्यक्ष एवं सञ्चालक हुन् । उनलाई कीर्तिपुरको मेयरमा प्रतिस्पर्धी उम्मेदवारका रुपमा हेरिएको छ ।

मंसिर १६ गते देशका ४४ वटा स्थानमा उपनिर्वाचन हुँदैछ । जसमध्ये तीन वटा स्थान कीर्तिपुरमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह