९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच दिनपछि उठाइयो नगरकोटी दप्पतीको शव, ५२ लाख क्षतिपूर्ति दिने सहमति

३ मंसिर २०८१, सोमबार १२:१४

काठमाडौँ | कात्तिक २८ गते काठमाडौंको इन्द्रायणीमा भएको सवारी दुर्घटनामा परेर ज्यान गुमाएका नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटीको शव आज पाँच दिनपछि उठाइएको छ।

दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ निवासी नारायण नगरकोटीलाई सोही दिन अस्पतालले मृत घोषणा गरेको थियो भने पत्नी सानुमायाको दुई दिनपछि निधन भएको थियो।

शव व्यवस्थापन र काजक्रियाका लागि झाँक्री प्रकाश भुजेल र मृतक परिवारबीच आर्थिक सहमतिमा विवाद हुँदा पाँच दिनसम्म शव अस्पतालमै रहेको थियो।

प्रहरी स्रोतका अनुसार, आइतबार दुवै पक्षबीच ५२ लाख रुपैयाँ क्षतिपूर्तिमा सहमति भएपछि सोमबार शव उठाउने निर्णय गरिएको हो। मृतकका परिवारले सुरुमा प्रतिव्यक्ति ५० लाखका दरले एक करोड माग गरेका थिए। निरन्तर वार्ता र स्थानीय जनप्रतिनिधिको मध्यस्थतापछि सहमति भएको प्रहरीले जनाएको छ।

दुर्घटना गराउने झाँक्री प्रकाश भुजेल हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा छन्। उनलाई सवारी तथा यातायात ऐन २०४९ को दफा १६१ को उपदफा ३ बमोजिम सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रहरीका अनुसार, ऐनअनुसार झाँक्री भुजेललाई बढीमा एक वर्ष कैद सजाय हुनसक्छ। यद्यपि, कानुनले दुई वर्षसम्मको सजाय धरौटीमा छुट्ने सुविधा पनि दिएको छ।

दुर्घटनापछि स्थानीय बासिन्दाले पनि क्षतिपूर्ति र न्यायको माग गर्दै दबाब दिएका थिए। प्रहरीले मध्यस्थता गरी सहमति गराएपछि अहिले घटना समाधानतर्फ अघि बढेको छ। मृतक परिवारको काजक्रिया अब सुरु गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता