२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभर चिसो बढ्दो, जुम्लामा तापक्रम झन्डै -४°C मा झर्‍यो

३ मंसिर २०८१, सोमबार १८:०४

काठमाडौँ | देशभर चिसो बढ्दै गएको छ भने तापक्रम घट्ने क्रम जारी छ। विशेषगरी जुम्ला लगायतका हिमाली क्षेत्रमा चिसोले जनजीवनलाई प्रभावित बनाउन थालेको छ।

आज (सोमबार) जुम्लाको न्यूनतम तापक्रम माइनस ३.८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो तापक्रमले हिउँदयामको आगमनको संकेत दिएको छ। त्यहाँ आजको अधिकतम तापक्रम भने २० डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।

यसैगरी, काठमाडौं उपत्यकाको तापक्रम पनि क्रमिक रूपमा घटिरहेको छ। महाशाखाका तथ्यांकअनुसार, आइतबार उपत्यकाको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियस रहेकोमा आज घटेर १०.५ डिग्री सेल्सियसमा पुगेको छ। यद्यपि, अधिकतम तापक्रम आइतबारकै जस्तै २१.५ डिग्री सेल्सियस रहेको छ।

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई “न्यूनतम तापक्रम” र सबैभन्दा बढी तापक्रमलाई “अधिकतम तापक्रम” भनिन्छ। न्यूनतम तापक्रम प्रायः बिहान ८:४५ मा मापन गरिन्छ भने अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन हुने गर्छ।

देशभरका तापक्रम सूची (आज)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य