४ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दु्र्गा प्रसाईँमाथि ७ वर्षसम्म हुनसक्छ कैद : अभिवक्ता विनिता तामाङ

४ मंसिर २०८१, मंगलवार १३:५२

काठमाडौँ | व्यवसायी दुर्गा प्रसाईँलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ‘फेक डकुमेन्ट’ बनाएर दुष्प्रचार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रसाईँले हालै सामाजिक सञ्जालमा अपलोड गरेको एक भिडिओलाई ओलीका विरोधीहरूले भाइरल बनाएको छन्। उक्त भिडिओमा गलत सूचना र कीर्ते सरकारी दस्तावेज प्रयोग भएको दाबी प्रहरी र विज्ञहरूले गरेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार, साइबर क्राइम ब्युरोले दुर्गा प्रसाईँविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ। कानूनी प्रावधान अनुसार, उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ र मुलुकी अपराध संहिता २०७४ को विभिन्न दफाहरु अन्तर्गत कारबाही हुनसक्ने बताइएको छ।

अभिवक्ता विनिता तामाङका अनुसार, सरकारी वा सार्वजनिक दस्तावेज कीर्ते गर्नेलाई मुलुकी अपराध संहिताको दफा २७६ को उपदफा ३ अनुसार ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ।

त्यसैगरी, हस्ताक्षर कीर्ते गर्ने दोषीलाई ५ वर्षसम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना तोकिने कानूनी प्रावधान छ।

यदि प्रसाईँले व्यक्त गरेका अभिव्यक्ति झुटो ठहरिएमा, विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार, उनलाई १ लाख रुपैयाँसम्म जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्नेछ।

दुर्गा प्रसाईँले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाउँदै ‘फेक डकुमेन्ट’ प्रस्तुत गरेको भनाइ बाहिरिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ भने कानूनी प्रक्रिया अनुसार दोषी प्रमाणित भए कानूनी सजाय गरिने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले हुण्डीबाट अमेरिकामा पैसा पठाएको पनि खुल्न आएको छः एमाले नेता बस्नेत जापान प्रकरण: एमालेका सांसद अधिकारीसहित ९ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति एमाले नेता बस्नेतले भने: पपुलरिटीको आवरणमा पपुलिस्टहरुले भ्रष्टाचार गरिरहेका छन्, बालेनदेखि कुलमानसम्म कसलाई के आरोप? ट्यालेन्ट हन्टबाट कर्णाली याक्सले छान्यो पाँच उदयीमान खेलाडी घलेको ‘इन्ट्री’पछि एनआरएनएमा अर्को ‘लफडा’, कार्यालय बन्द गराएर रिसोर्टमा केसी नसोचेको भयो – संयोजक शेष घले मीनबहादुरले एमालेलाई दान दिएको जग्गा प्रकरणको पेसी आज पनि हेर्न नभ्याइनेमा महिला कैदीलाई बलात्कार आरोपमा राजविराज कारागारका कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी कैलालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु तीन महिनामा ४ खर्ब ७ अर्ब रुपैयाँ भित्रियो रेमिट्यान्स दुर्गा प्रसाईँविरुद्ध लाग्न सक्छ यी अभियोग दुर्गा प्रसाईँलाई पुर्‍याइयो वीर अस्पताल आफू पक्राउ अगावै दुर्गा प्रसाईंले दिएका थिए पक्राउको जानकारी चिर्पटले हिर्काएर श्रीमतिद्वारा श्रीमानको हत्या आज पनि एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ? दु्र्गा प्रसाईँमाथि ७ वर्षसम्म हुनसक्छ कैद : अभिवक्ता विनिता तामाङ सरकार पहिलो चौमासिकमा राजश्व संकलन गर्न कमजोर भक्तपुरस्थित निवासबाट पक्राउ परे दुर्गा प्रसाईं प्रधानमन्त्री ओली र सभापति देउवाबीच आजपनि छलफल हुँदै रुकुमपश्चिममा चिर्पट प्रहार गरेर श्रीमतीले गरिन् श्रीमानको ह-त्या अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा