९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भैंसेपाटी हनिट्रयाप प्रकरण : इन्सपेक्टर शाहीसहित ६ जनालाई मुद्दा चलाउन सिफारिस

५ मंसिर २०८१, बुधबार १६:२७

काठमाडौं । नेपाल प्रहरीले भैंसेपाटी प्रहरी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीसहित ६ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार ललितपुर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएकाे हो।

इन्सपेक्टर शाहीमाथि विराटनगरका एक व्यापारीलाई बलात्कारको मुद्दामा फसाउने धम्की दिई ३० लाख रुपैयाँ असुलेको आरोप छ। शाही र अन्य ५ जनाले संगठित अपराध र आपराधिक लाभको मुद्दामा संलग्नता देखिएका छन्। आरोपितमध्ये शाही र दर्शन पोखरेल फरार रहेका छन्। यसअघि पक्राउ परेका अन्य आरोपीहरुमा सहायक हवल्दार महेन्द्र हमाल, सुष्मा विक, ताज स्लाम र भीमादेवी थापाविरुद्ध पनि सीआईबीले मुद्दा चलाउन सिफारिस गरेको हो।

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार, इन्सपेक्टर शाही र अन्य आरोपितहरुले एक युवतीसँग मिलेर विराटनगरका व्यापारीलाई ३० लाख रुपैयाँ असुल्नेदेखि लिएर रकम फिर्ता नगरेको र अन्य अवैध गतिविधि सञ्चालन गरेको आरोपमा मुद्दा चलाउने सिफारिस गरिएको छ।

यस मुद्दामा तत्कालीन जिल्ला प्रहरी परिसर ललितपुरका एसपी कमल थापाको संलग्नता नदेखिएको सीआईबीले स्पष्ट पारेको छ। बोगटीले भने, “एसपी थापाको संलग्नता पुष्टि भएको छैन। उनले आफुंसँग व्यावसायिक सम्बन्ध र फोन सम्पर्क भएको स्वीकार गरेका छन्, तर त्यसलाई अपराधसँग जोड्न नमिल्ने बताएका छन्।”

प्रहरीले इन्सपेक्टर शाही र अन्य आरोपीलाई पक्राउ गरेर अनुसन्धान थालेको हो, जसमा मुख्य योजनाकारको रूपमा सुष्मा विक र ताज स्लामलाई चिनिएको छ। सुष्मा विकले पहिले एक व्यवसायीसँग नजिक भएर उनीसँग सम्पर्क गरि घटना घटाएको प्रहरीले निष्कर्ष निकालेको छ।

इन्सपेक्टर शाहीमाथि यसअघि पनि अन्य घटनामा संलग्नता रहेको आरोप लागेको थियो। गत माघ महिनामा एक पूर्वप्रहरी जवानले इन्सपेक्टर शाहीबाट यातना र कुटपिटका आरोप लगाएका थिए, जसले पनि प्रहरी प्रशासनमा हलचल ल्याएको थियो।

अहिले अनुसन्धान जारी राखिएको छ, र थप आरोपितहरुलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइने सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो