2026-09-21 07:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भैंसेपाटी हनिट्रयाप प्रकरण : इन्सपेक्टर शाहीसहित ६ जनालाई मुद्दा चलाउन सिफारिस

काठमाडौं । नेपाल प्रहरीले भैंसेपाटी प्रहरी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीसहित ६ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार ललितपुर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएकाे हो।

इन्सपेक्टर शाहीमाथि विराटनगरका एक व्यापारीलाई बलात्कारको मुद्दामा फसाउने धम्की दिई ३० लाख रुपैयाँ असुलेको आरोप छ। शाही र अन्य ५ जनाले संगठित अपराध र आपराधिक लाभको मुद्दामा संलग्नता देखिएका छन्। आरोपितमध्ये शाही र दर्शन पोखरेल फरार रहेका छन्। यसअघि पक्राउ परेका अन्य आरोपीहरुमा सहायक हवल्दार महेन्द्र हमाल, सुष्मा विक, ताज स्लाम र भीमादेवी थापाविरुद्ध पनि सीआईबीले मुद्दा चलाउन सिफारिस गरेको हो।

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार, इन्सपेक्टर शाही र अन्य आरोपितहरुले एक युवतीसँग मिलेर विराटनगरका व्यापारीलाई ३० लाख रुपैयाँ असुल्नेदेखि लिएर रकम फिर्ता नगरेको र अन्य अवैध गतिविधि सञ्चालन गरेको आरोपमा मुद्दा चलाउने सिफारिस गरिएको छ।

यस मुद्दामा तत्कालीन जिल्ला प्रहरी परिसर ललितपुरका एसपी कमल थापाको संलग्नता नदेखिएको सीआईबीले स्पष्ट पारेको छ। बोगटीले भने, “एसपी थापाको संलग्नता पुष्टि भएको छैन। उनले आफुंसँग व्यावसायिक सम्बन्ध र फोन सम्पर्क भएको स्वीकार गरेका छन्, तर त्यसलाई अपराधसँग जोड्न नमिल्ने बताएका छन्।”

प्रहरीले इन्सपेक्टर शाही र अन्य आरोपीलाई पक्राउ गरेर अनुसन्धान थालेको हो, जसमा मुख्य योजनाकारको रूपमा सुष्मा विक र ताज स्लामलाई चिनिएको छ। सुष्मा विकले पहिले एक व्यवसायीसँग नजिक भएर उनीसँग सम्पर्क गरि घटना घटाएको प्रहरीले निष्कर्ष निकालेको छ।

इन्सपेक्टर शाहीमाथि यसअघि पनि अन्य घटनामा संलग्नता रहेको आरोप लागेको थियो। गत माघ महिनामा एक पूर्वप्रहरी जवानले इन्सपेक्टर शाहीबाट यातना र कुटपिटका आरोप लगाएका थिए, जसले पनि प्रहरी प्रशासनमा हलचल ल्याएको थियो।

अहिले अनुसन्धान जारी राखिएको छ, र थप आरोपितहरुलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइने सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो