८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हवाइ इन्धन डिपोको ‘मिसन ०८४’: गुहेश्वरीमा अत्याधुनिक डिपो बनाउने

६ मंसिर २०८१, बिहीबार १२:५२

काठमाडौं । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । गुहेश्वरीतर्फको नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने सहमति भएको ५० रोपनी क्षेत्रफलको जग्गामा निगमको डीपो स्थानान्तरण हुनेछ ।

आयल निगमले २०८४ मंसिरभित्र डीपो स्थानान्तरण गरिसक्ने गरेर नयाँ अत्याधुनिक डिपो बनाउने भएको हो । त्यसका लागि बुधबार विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माण सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा नेपाल आयल निगम सिनामंगल डिपोका प्रमुख प्रदीपकुमार यादव र पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक नारायण प्रसाद गौतमले हस्ताक्षर गरे । दुई पक्षीय सम्झौतापत्रमा ६ महिना भित्रमा डीपीआर तयार गरिने उल्लेख छ ।

सिनामंगल डिपोका प्रमुख यादवले २०८४ मंसिरभित्र अन्तर्रास्ट्रिय मापदण्ड अनुसार डिपो निर्माण भइसक्ने बताए । ‘२०८४ भित्र निर्माणसम्पन्न गर्ने गरि काम अघि बढाउँछौं, डीपीआर तयार भएपछि टेण्डरको प्रक्रिया अघि बढ्छ, अन्तर्राष्ट्रिय स्तरको मापदण्डअनुसार नयाँ डिपो बन्नेछ,’ सिनामंगलस्थित डिपोका प्रमुख यादवले सम्झौतामा हस्ताक्षरपछि भने ।

यादवका अनुसार डीपीआर तयार गर्नका लागि १ करोड ९८ लाख ८४ हजार १८३ रुपैयाँ रकम लागत लाग्ने छ । डीपीआर निर्माणमा कन्सल्टेन्ट पक्षबाट प्राविधिक काम हुनेछ ।

कन्सल्टेन्ट सेवाका तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरेका पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक गौतमले संस्थानले पछिल्ला दिनमा कन्सल्टेन्ट सेवामा उत्कृष्ट काम गर्दै आएको र निगमसँगको सम्झौताले अर्को एक कदम परिस्कृत बन्ने अवसर पाएको बताए ।
अध्ययन संस्थानका सहप्राध्यापक डा सुरज लामिछानेले भण्डारण गृहको स्तरोन्नति ऐतिहासिक कदम हुने बताए । उनले निगमसँगको सम्झौता अनुसार नै संस्थानले काम गर्ने बताए ।

त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलसँगै जोडिएका कारण आयल निगमको डीपोले विमानस्थललाई जोखिम बढाएको छ । हालको स्थानमा रहेको डिपोेका कारण स्थानीय वासिन्दासमेत जोखिममा छन । विमानस्थलको ट्याक्सी वे समेत डीपो भएको स्थानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छैन ।

डीपो प्रमुख यादवले डीपोका कारण विमानस्थल र स्थानीय असुरक्षित रहेको आवाज पटकपटक उठेपछि डिपोे स्थानान्तरणका लागि पहल भएको बताउँछन
उनका अनुसार विमानस्थलको ट्याक्सी वे अन्तर्रास्ट्रिय मापदण्डअनुसार ५०० मिटर हुनुपर्नेमा ९० मिटर मात्रै रहेको छ ।

विमानस्थलको ट्याक्सी वे अन्तर्रास्ट्रिय मापदण्डअनुसार ५०० मिटर हुनुपर्नेमा ९० मिटर मात्रै छ, अन्तर्राष्ट्रिय विमान आउँदा झण्डै झण्डै ठोक्केला जस्तो हुने अवस्थाका कारण पनि स्थानान्तरण गर्नु पर्ने बाध्यता थियो,’ डिपो प्रमुख यादवले भने।

हाल विमानस्थलको हवाई यातायात क्षमता अभिबृद्धी गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल स्तरोन्नति गरि फराकिलो र सुरक्षित बनाउने कार्य सुरु गरेको छ । विमानस्थलको मुख्य धावनमार्गमा विमान पुग्न प्रयोग गरिने समानान्तर मार्ग (प्यारालाल ट्याक्सी वे) निर्माण गर्न लागेकाले आइकाओ र प्राधिकरणको गुरुयोजना अनुसार मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वे बिचमा दुरी १७२ दशमलव पाँच मिटर कायम हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । सो ट्याक्सी वे निर्माण गर्दा अहिलेको हवाइ इन्धन डिपोको आधा क्षेत्रफल हटाउनुपर्ने अवस्था छ ।

डिपोका कारण विमानस्थल असुरक्षित रहेको भन्दै सरकारले मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेर स्थानान्तरण गर्न सहमति दिएको छ । २०८१ साउन २८ गते बसेको मन्त्रिपरिषद बैठकले एक वर्ष भित्रमा डिपो सुरक्षित र सुविधायुक्त स्थानमा सार्न निर्देशन दिएको थियो ।

त्यसपछि वर्तमान सरकारका उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्थलगत अवलोकन गरि डिपो सार्नुपर्ने आवश्यकताबोध भएको भन्दै हवाइ यातायात क्षमता अभवृद्धि आयोजनाले तयार पारेको गुरुयोजना अनुसार स्थानान्तरण गरिनु पर्ने बताएका थिए ।
निगमको हवाइ इन्धन डिपो हालको सिनामंगलबाट विमानस्थलको उत्तरतर्फको स्थानमा स्थानान्तरण हुनेछ । डीपो प्रमुख यादवका अनुसार विमानस्थलको उत्तरतर्फ गुहेश्वरीतर्फको नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने सहमति भएको ५० रोपनी क्षेत्रफलको जग्गामा निगमको डिपो स्थानान्तरण हुनेछ ।

हालको सिनामंगलस्थित डिपो करिब ५० वर्ष पुरानो हो । हालको डीपोको भण्डारण क्षमता ७ हजार ६६० किलोलिटर छ भने दैनिक ४ सय कीलोलिटर हवाइ इन्धन विक्री वितरण हुँदै आएको छ । हाल संचालनमा रहेको डिपोोमा १ हजार ६०० किलोलिटरका तीन वटा, ७६० किलोलिटरका तीन वटा र ७० किलोलिटर क्षमताका ८ वटा इन्धन भण्डारण ट्यांकी छन ।
सामान्यतया आपतकालीन प्रयोगका लागि ३ देखि ५ दिन र नियमित माग अनुसार आपूर्ति गर्न ५ देखि ७ दिनका लागि इन्धन भण्डारण गर्ने गरिएको यादव बताउँछन ।

उनका अनुसार विमानस्थलबाट अन्तर्रास्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य उडान भर्ने विमानलाई सेवा दिनका लागि २० दिनको माग धान्न सक्ने क्षमताको भण्डारण गृह आवश्यक पर्छ भने आपतकालीन अवस्थामा सेवा दिनका लागि न्युनतम ३ दिनको इमर्जेन्सी स्टक आवश्यक पर्छ । प्रस्तावित नयाँ बन्ने डीपोमा ३ हजार किलोलिटर क्षमताका ५ वता भण्डार ट्यांकी हुनेछन । जसले ब्यवस्थापनमा आवश्यक सहयोग पुग्ने छ ।

डीपोका इन्जिनियर अनुपम पराजुलीले नयाँ डिपो निर्माणपछि अन्तर्रास्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय इन्धन गुणस्तरीय तरिकाबाट दिन सकिने बताए । उनले नयाँ डिपोे निर्माणपछि डीपोबाट ट्यांकर मार्फत इन्धन पुर्याउने अवस्थाको अन्त्य हुने दाबी गरे । उनका अनुसार अत्याधुनिक प्रविधिमार्फत सिधै विमानमा इन्धन उपलब्ध गराइने छ ।
आधुनिक प्रविधिअनुसार चल्न पनि डिपोको पूर्वाधार अत्याधुनिक बनाउने गरी सम्भाब्यता अध्ययन हुने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय