९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन

६ मंसिर २०८१, बिहीबार १७:१३

काठमाडौं । काठमाडौंमा भोलि शुक्रबार तीन वटा ठाउँमा प्रदर्शन हुने भएको छ।

तीन अलग-अलग समूहले प्रदर्शन गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनलाई व्यवस्थित गर्न स्थान तोक्दै सुरक्षाका लागि विशेष योजना तयार पारेको छ।

नेकपा (एमाले) ले दरबारमार्गमा ‘जागरण सभा’ आयोजना गर्दैछ। पार्टीले र्‍यालीसहित सभा गर्न प्रशासन कार्यालयबाट अनुमति लिएको छ।

त्यस्तै, साइबर अपराधको आरोपमा हाल हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले कोटेश्वरमा प्रदर्शन गर्ने अनुमति पाएका छन्। प्रसाईंको पूर्वनिर्धारित प्रदर्शन उनका समर्थकले गर्ने भएका हुन्।

माइतीघर मण्डलमा भने सहकारी पीडितहरूको प्रदर्शन हुने अनुमान गरिएको छ। बचत फिर्ताको माग गर्दै सहकारी पीडितहरूले निरन्तर माइतीघर केन्द्रित प्रदर्शन गर्दै आएका छन्।

प्रदर्शनका कारण सम्भावित अवरोधलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जनजीवन सहज बनाउने योजना अघि बढाइएको बताएका छन्।

‘प्रदर्शन हुने स्थानहरू छुट्टाछुट्टै तोकिएका छन्। नागरिकले ढुक्क भएर आवतजावत गर्न सकून् भन्ने हाम्रो प्रयास छ,’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने।

तर उनले प्रदर्शनका कारण केही स्थानमा ट्राफिक चाप बढ्न सक्ने चेतावनी पनि दिए। ‘सवारी जामको असरलाई न्यून बनाउन विशेष ट्राफिक व्यवस्थापन गरिनेछ,’ उनले थपे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो