2026-07-26 12:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन

काठमाडौं । काठमाडौंमा भोलि शुक्रबार तीन वटा ठाउँमा प्रदर्शन हुने भएको छ।

तीन अलग-अलग समूहले प्रदर्शन गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनलाई व्यवस्थित गर्न स्थान तोक्दै सुरक्षाका लागि विशेष योजना तयार पारेको छ।

नेकपा (एमाले) ले दरबारमार्गमा ‘जागरण सभा’ आयोजना गर्दैछ। पार्टीले र्‍यालीसहित सभा गर्न प्रशासन कार्यालयबाट अनुमति लिएको छ।

त्यस्तै, साइबर अपराधको आरोपमा हाल हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले कोटेश्वरमा प्रदर्शन गर्ने अनुमति पाएका छन्। प्रसाईंको पूर्वनिर्धारित प्रदर्शन उनका समर्थकले गर्ने भएका हुन्।

माइतीघर मण्डलमा भने सहकारी पीडितहरूको प्रदर्शन हुने अनुमान गरिएको छ। बचत फिर्ताको माग गर्दै सहकारी पीडितहरूले निरन्तर माइतीघर केन्द्रित प्रदर्शन गर्दै आएका छन्।

प्रदर्शनका कारण सम्भावित अवरोधलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जनजीवन सहज बनाउने योजना अघि बढाइएको बताएका छन्।

‘प्रदर्शन हुने स्थानहरू छुट्टाछुट्टै तोकिएका छन्। नागरिकले ढुक्क भएर आवतजावत गर्न सकून् भन्ने हाम्रो प्रयास छ,’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने।

तर उनले प्रदर्शनका कारण केही स्थानमा ट्राफिक चाप बढ्न सक्ने चेतावनी पनि दिए। ‘सवारी जामको असरलाई न्यून बनाउन विशेष ट्राफिक व्यवस्थापन गरिनेछ,’ उनले थपे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ