2026-09-21 06:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेलभित्र पनि पुरानै पेसामा फर्किए ‘भाइरल झाँक्री’ प्रकाश भुजेल

काठमाडौँ | काठमाडौंको शंखरापुर–१, इन्द्रायणीमा कार दुर्घटना गरेर गर्भवती महिलासहित उनका पतिको ज्यान लिने प्रकाश भुजेल (भाइरल झाँक्री) जेलभित्र पनि झारफुक गर्न थालेका छन्।

अदालतको आदेशपछि केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षको लागि थुनामा पठाइएका ‘भाइरल झाँक्री’ भुजेलले जेलभित्रै पूजापाठ र झारफुक सुरु गरेका हुन् ।

उनको परिवारले आइतबार भुजेलका लागि कपडा, धुपबत्ती र पूजाका सामग्री कारागारमा पुर्‍याएपछि उनले फेरि पुरानै झारफुकको काम थालेका हुन्।

‘उहाँले बौद्ध प्रहरी हिरासतमा ठाउँ नपाएर पूजापाठ रोकिएको थियो । जेलमा फेरि पूजापाठ धर्मकर्म सुरु गर्नुभएको छ । चिसोले बिरामी परेका कैदीबन्दीलाई ‘निको पार्ने’ प्रयास गर्छु पनि भन्नुभएको छ’, भुजेललाई भेट्न गएका परिवारका एक  सदस्यले भने ।

गत कात्तिक २८ मा बा १९ प २६९५ नम्बरको कार चलाउँदै भुजेलले तीव्र गतिमा सवारी चलाएर बा प्र ०२–०१८–प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएका थिए । दुर्घटनामा कागेश्वरी मनोहरा–२ का ३८ वर्षीय नारायण नगरकोटी र उनकी गर्भवती पत्नी ३२ वर्षीय सानुमाया नगरकोटीको मृत्यु भएको थियो ।

जिल्ला अदालत काठमाडौंले भुजेललाई लापरवाहीपूर्वक सवारी चलाएर दुई जनाको ज्यान लिएको भन्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो