२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सशस्त्रका तत्कालीन इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा

२६ मंसिर २०८१, बुधबार १४:०८

काठमाडौं | सशस्त्र प्रहरी बल (एपीएफ)का तत्कालीन प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धा आयोगले बुधबार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। प्रहरी निरीक्षक कुँवरको शैक्षिक योग्यताको प्रमाणपत्रमाथि छानबिनको माग गर्दै उजुरी परेको थियो।

प्रवक्ता नरहरि घिमिरेका अनुसार सोही उजुरीको आधारमा छानबिन हुँदा कुँवरले माध्यमिक शिक्षा परिषद,उत्तर प्रदेश( बोर्ड अफ हाइस्कुल एण्ड इण्टरमिडियट एजुकेसन युपी) अन्तर्गत हाई स्कुल तहको परीक्षा उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र लिइ झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा समेत भएका थिए।

झुट्टा शैक्षिक प्रमाणपत्र पेशगरी राष्ट्रसेवकको पदमा प्रवेश गरी ओहदा एवं लाभसमेत प्राप्त गरेकाले भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२,दफा २९ (२) तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सजाय हुन माग दावी गरिएको छ।

उनले सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण हेडक्वाटर ज्वालामाइ दाङबाट कार्यरत रहेका बेला राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो