2026-09-21 05:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपति जंगलमा मृत भेटिएकी युवतीको ‘सुसाइड नोट’ : सबैतिर असफल भएँ

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर पछाडि जंगलको झाँडीमा मृत्त भेटिएकी युवतीको पहिचान खुलेको छ । काठमाडौं– ८ तिलगंगाबाट पशुपति जाने बाटो नजिकै जंगलको झाडीमा मृत्त भेटिएकी युवती मनिसा मिजार रहेको खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौको प्रवक्ता नवराज अधिकारीकाअनुसार शंकरापुर नगरपालीका– ५ घर भई हाल शान्तिनगर बस्दै आएकी मनिसा जंगलमा मृत भेटिएकी हुन् । उनी बानेश्वरस्थित पेन्टागन कलेजमा कक्षा १२ मा पढ्दै गरेको खुलेको छ ।

प्रहरीका अनुसार शव भेटिएको ६-७ मिटर नजिकै ओस्ताज नामक विषादिको खाली बट्टा फेला परेको छ । उनी हराएको भन्दै उनका आफन्तले प्रहरी वृत बानेश्वरमा निवेदन दिएका थिए । प्रहरीले खोजी गर्ने क्रममा जंगलमा उनको शव भेटिएको थियो ।

उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । अस्पतालको रिपोर्ट आएपछि थप कुरा थाहा पाइने उनले बताए ।

घटनास्थलमा ‘सुसाइड नोट’ समेत भेटिएको प्रहरीले जानकारी दिएको छ । सुसाइड नोटमा उनले जीवनदेखि हार खाएको गुनासो लेखेकी छिन् । सुसाइड नोटमा लेखिएको छ, ‘बाँच्न मन छैन, सबैतिर म असफल भएँ । कसैले जीवित देखे बचाउनतिर नलाग्नुस्, मलाई मर्न दिनुस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी