१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीएलको यात्रा टुंग्याएपछि विराटनगरका प्रशिक्षक केभिन: परिस्थितिलाई राम्ररी बुझेर खेल्न नसक्दा असफल भयौँ

३० मंसिर २०८१, आईतवार १६:३८

काठमाडौँ | विराटनगरका किंग्सका प्रशिक्षक केभिन ओ ब्रायनले तीन खेलमा जितनजिक पुगेर पनि खेल गुमाउनु परेकाले प्लेअफमा पुग्न असफल भएको बताएका छन्।

काठमान्डु गुर्खाजसँग हार बेहोर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजन यात्रा टुंग्याएपछि प्रशिक्षक केभिनले पत्रकारसाग कुरा गर्दै परिस्थितिलाई राम्ररी बुझेर खेल्न नसक्दा असफल भएको बताएका हुन्।

उनले कठिन परिस्थितिमा सही निर्णय लिन पनि समस्या भएको उल्लेख गरे। बलिङ, ब्याटिङ र फिल्डिङमा पनि शत शप्रतिशत इफोर्ट लगाउन नसकेको उनको भनाइ छ। उनले पहिलो ३-४ खेलमा ब्याटिङमा पनि आफ्नो टोलीले संघर्ष गर्नुपरेको उल्लेख गरेका छन्। विकेट बुझ्न विदेशी खेलाडीका लागि गाह्रो परेको उनको बुझाइ छ।

कप्तान सन्दीप लामिछानेले विकेट लिन नसक्दा पनि टोलीमाथि दबाब परेको हो भन्ने प्रश्नमा उनले एउटा बलरलाई मात्र दोष दिन नहुने र पछिल्ला खेलमा सन्दीपले पनि राम्रो गरेको उल्लेख गरे।

केही खेलाडी विराम हुँदा पनि समस्या परेको उनको भनाइ छ। उनले प्रतियोगिता छोटो रहेकाले फर्ममा नरहेका खेलाडीको लयमा फर्किन पनि समय लागेको बताएका छन्। सन् २०१८ मा एभरेस्ट प्रिमियर लिग खेल्न आउँदाको समयभन्दा अहिले धेरै राम्रो घरेलु खेलाडीहरू रहेको उनी बताउँछन्। उनीहरूको प्रदर्शनमा पनि धेरै विकास आएको उनको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ