२२ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्नपूर्ण क्षेत्रमा पर्यटककाे नयाँ रेकर्ड

१७ पुष २०८१, बुधबार १४:४५

काठमाडौँ | पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त संख्या हालसम्मकै बढी हो । यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए ।

सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड-१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा जम्मा एक लाख २९ हजार सात सय ३३ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए ।

गत वर्षदेखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको ‘एक्याप’का प्रमुख डा रबिन कडरियाले बताए । ‘अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको छ’, उनले भने, ‘गत वर्षको तुलनामा उल्लेख्य संख्यामा पर्यटक बढेका छन् ।’

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ? चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेको तर्फबाट थुनछेक बहस हुँदै पटक-पटक अपमानित हुनुपरेको भन्दै कैलालीमा ४६ जनाले सामूहिक राजीनामा दिँदै छाडे एमाले स्वर्णलक्ष्मीमा लामिछानेको बयान- ऋणको जवाफदेहिता जीबीकै हुन्छ पोखराका सहकारी पीडितलाई भेट्नै चाहेनन् गगनले चरेससहित दुईजना महिला पक्राउ पोखराबाट थुनछेक आदेश नआउँदै रवि लामिछानेविरुद्ध काठमाडौँमा अर्काे मुद्दा दायर एलिट कप: मधेस १०२ रनमै समेटियो, सन्दीपले लिए ५ विकेट स्थानीय समूहको धम्कीपछि वायुसेवा सञ्चालकले खुम्बु क्षेत्रमा गरे उडान स्थगन के छ ओलीको ४७ पृष्ठको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ) एलिट कप: पुलिसविरुद्ध आर्मी १२१ रनमा अलआउट, ललितले लिए ७ विकेट पर्वतको पीपलटारीमा ग्याँसको रेगुलेटर लिक हुँदा १ जनाको मृत्यु, २ घाइते मनाङेको मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक, दुई वर्ष चार महिना कैद बस्नुपर्ने(पूर्णपाठ) युट्युबर मनोज मानव फेरि पक्राउ ‘पूर्ण बहादुरको सारंगी’को सफलतापछि निर्देशक पौडेलले घोषणा गरे नयाँ फिल्म भारतमा हेलिकप्टर दुर्घटना, कम्तीमा ३ जनाको मृत्यु