2026-09-21 02:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौशालास्थित होटलमा युवतीको मृत्यु: होटेलबाट ‘केहीबेरमा आउँछु’ भनि निस्केका थिए सँगै बसेका युवक

काठमाडौँ | काठमाडौंको गौशालास्थित बागमती होटलमा एक युवती मृत फेला परेकी छन् । होटलको कोठा नम्बर ३०८ मा बसेकी उनले बुधवार दिउँसो साढे २ बजेसम्म ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो ।

मृतक युवती कागेश्वरी मनोहरा नगरपालिका निवासी अन्दाजी २३ वर्षीया रहेको जनाइएको छ । प्रहरीका अनुसार घटनामा शंकास्पद रहेको छ । युवती एक युवकसँग सो होटलमा आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

नयाँ वर्षको अघिल्लो दिन ती युवक र युवती होटलमा बसेका थिए । भोलिपल्ट युवक बाहिरबाट होटलको ताला लगाएर ‘केहीबेरमा आउँछु’ भनेर निस्केका थिए । युवक नफर्किए पछि होटल सञ्चालकले प्रहरीलाई खबर गरे । प्रहरीका अनुसार, युवतीको शव बेडमा पाइएको छ । फरार युवकलाई लोकेट गरिएको प्रहरीको भनाइ छ ।

घटनाबारे अनुसन्धान जिल्ला प्रहरी परिसर, काठमाडौं, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी