2026-09-21 02:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौशालामा मृत भेटिएकी सुस्मिताको प्रेमीले हत्या गरेकाे प्रहरीकाे ठहर

काठमाडौँ | गौशाला, पिंगलास्थानमा मृत फेला परेकी २१ वर्षीया सुस्मिता खड्काको हत्या उनकै प्रेमीले गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट अनुसन्धानरत प्रहरीले जनाएअनुसार,सुस्मिताको हत्या उनकै प्रेमी देवबहादुर थापाले गरेका हुन् । उनले नशालु पदार्थ सेवन गराई वा कुन विधिले हत्या गरेका हुन् भन्ने कुरा पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने ती प्रहरीले बताएका छन् ।

जापान जाने तयारीका लागि भाषा कक्षामा सहभागी सुस्मिता र देवबहादुर प्रेमी, प्रेमिका थिए । देवबहादुर केही समय जापान बसेर फर्किएका हुन् । ओखलढुंगा, सिस्नेरी स्थायी ठेगाना भएका थापा काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका, आलापोटमा बस्दै आएका थिए । मृतक सुस्मिताको घर पनि आलापोटमै हो ।

उनीहरू पुस १६ गते राति साढे १० बजे पिंगलास्थानस्थित होटल बागमतीको कोठा नं. ३०८ मा छिरेका थिए । १२ बजे थापा कोठबाट बाहिर निस्किए । त्यसक्रममा उनले बाहिरबाटै चुक्कुल लगाएको प्रहरीले जनाएको छ ।

लामो समयसम्म कोठा नखुलेपछि होटलमा रहेको मास्टर किबाट कोठा खोलियो । त्यसबेलासम्म युवतीको मृत्यु भइसकेको थियो । कोठाभित्र रेडबुलका केही बट्टामात्रै भेटिएको छ ।

‘कुनै धारिलो हतियार वा हत्या गर्ने कसुरमा प्रयोग हुने अन्य सामान बरामद भएको छैन’, अनुसन्धानरत प्रहरीले बताए ।

बाहिरबाट ढोका लगाएर भागेको, युवतीको मोबाइल पनि साथमै लगेका कारण हत्या थापाबाटै भएको प्रहरीको दाबी छ । उनी हालसम्म फरार छन् । प्रहरीका अनुसार, अनुसन्धान विधिअनुसार उनी पहिचान नजिक छन् । प्रहरीका अनुसार थापा मंसिर ३० गते जापानबाट काठमाडौं आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी