८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्पतालमा औषधालय सेवा सुरु

३१ असार २०७४, शनिबार ०३:३६

असार ३१, लहान । सिरहा अस्पतालभित्र शुक्रबारदेखि अस्पताल औषधालय सेवा सञ्चालनमा आएको छ । 

बिरामीलाई सहज र सुपथ मूल्यमा औषधि बिक्रीवितरण गर्ने उद्देश्यले अस्पतालले सो सेवा सञ्चालनमा ल्याएको हो । प्रत्येक अस्पतालले आफ्नै हाताभित्र औषधालय सञ्चालन गर्नुपर्ने सरकारको नीतिअनुसार सञ्चालन गरिएको औषधालयबाट अस्पतालमा निःशुल्क पाइने औषधिबाहेक अन्य औषधिको मूल्यमा पाँचदेखि ५० प्रतिशतसम्म छुट दिई औषधि बिक्रीवितरण गरिने अस्पतालका मेसु डा चुमनलाल दासले जानकारी दिनुभयो । 

करिब रु तीन लाखको लागतमा सञ्चालन गरिएको औषधालयमा अस्पतालमा निःशुल्क दिइने औषधिबाहेक ७५ प्रकारको औषधि रहेको जानकारी दिँदै मेसु डा दासले औषधिको प्रकार अझ थप्दै जाने बताउनुभयो । 

यसैबीच अस्पताल औषधालय उद्घाटनको अवसर पारेर शुक्रबारै निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन सिरहाले अस्पताल परिसरभित्र विभिन्न जातका २०० थान बिरुवा वृक्षरोपण गरेको छ । 

सो अवसरमा रुद्राक्ष, अशोक, धुपी, सल्ला, समी, गुलमोहरलगायत बिरुवा रोपिएकोआधिकारिक ट्रेड युनियन सिरहाका अध्यक्ष अमरेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता