Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अस्पतालमा औषधालय सेवा सुरु

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ३१, लहान । सिरहा अस्पतालभित्र शुक्रबारदेखि अस्पताल औषधालय सेवा सञ्चालनमा आएको छ ।

बिरामीलाई सहज र सुपथ मूल्यमा औषधि बिक्रीवितरण गर्ने उद्देश्यले अस्पतालले सो सेवा सञ्चालनमा ल्याएको हो । प्रत्येक अस्पतालले आफ्नै हाताभित्र औषधालय सञ्चालन गर्नुपर्ने सरकारको नीतिअनुसार सञ्चालन गरिएको औषधालयबाट अस्पतालमा निःशुल्क पाइने औषधिबाहेक अन्य औषधिको मूल्यमा पाँचदेखि ५० प्रतिशतसम्म छुट दिई औषधि बिक्रीवितरण गरिने अस्पतालका मेसु डा चुमनलाल दासले जानकारी दिनुभयो ।

करिब रु तीन लाखको लागतमा सञ्चालन गरिएको औषधालयमा अस्पतालमा निःशुल्क दिइने औषधिबाहेक ७५ प्रकारको औषधि रहेको जानकारी दिँदै मेसु डा दासले औषधिको प्रकार अझ थप्दै जाने बताउनुभयो ।

यसैबीच अस्पताल औषधालय उद्घाटनको अवसर पारेर शुक्रबारै निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन सिरहाले अस्पताल परिसरभित्र विभिन्न जातका २०० थान बिरुवा वृक्षरोपण गरेको छ ।

सो अवसरमा रुद्राक्ष, अशोक, धुपी, सल्ला, समी, गुलमोहरलगायत बिरुवा रोपिएकोआधिकारिक ट्रेड युनियन सिरहाका अध्यक्ष अमरेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । रासस