८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा गोमन सर्पको टोकाइबाट एक जनाको मृत्यु

४ श्रावण २०७४, बुधबार ०१:५७

सरोज यादव/साउन ४, सर्लाही । सर्पको टोकाइबाट सर्लाहीको हरिवन नगरपालिका–९ दनुवारीका ७८ बर्षीय चन्द्रप्रसाद पौडेलको मृत्यु भएको छ ।

घरमा खाना खाँदै गर्दा आइतबार राती पौडेललाई गोमन सर्पले टोकेको थियो ।

उनलाई  उपचारको लागि तत्कालै नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा पुर्याईएको भएपनि उपकरणको अभावमा उपचार सम्भव नभएपछि बिरगंज लगिएको थियो ।

उनलाई वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भैसकेको थियो । तर उनको परिवारलाई थाहा नभएपछी अस्पतालमा लग्दा डाक्टरले मृत घोषित गरेका मृतकका छोरा गोकर्ण पौडेलले जानकारी दिनुभयो ।

 अहिले गर्मी मौसममा सर्पको बिगबिगी बढेको कारण सर्पको टोकाईको चाप बढे पनि  सर्लाहिको  नबलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा आइसियु सहितको उपचारको ब्यबस्था नहुदा सर्पले टोकेका बिरामीको अकालमा ज्यान जाने गरेको छ । 

स्थानीयको पहलमा पाँच बर्ष अघि नवलपुरमा सर्पदंश उपचार केन्द्रको स्थापना भए पनि उपकरण, औषधि र दक्ष स्वास्थ्य कर्मी नहुँदा गम्भीर अवस्थाका सर्पदंशका बिरामीको उपचार गर्न समस्या हुने गरेको डाक्टरहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता