सरोज यादव । श्रावण ०४, सर्लाही । असार १५ गते गाँउकै एक ८ वर्षिया वालिकालाई बलात्कार गरी फरार रहेका सर्लाही पत्थरकोटका ज्ञानबहादुर रुम्बा २० दिन पछि हिजो मङलवार ईलाका प्रहरी कार्यालय लालबन्दीले पक्राउ गरेको छ ।
गएको असार १५ गते लालबन्दी नगरपालिका १० पत्थरकोटका ज्ञानबाहादुर रुम्बाले सोहि स्थान बस्ने ८ वर्षिया बालिकालाई जबरजस्ती गरेर बलात्कार गरि फरार भएका थिए ।
२० दिन अगाडिकै घट्ना भएपनि प्रहरीले अभियुक्तलाई पक्राउन गर्न सकेको थिएन । अभियुक्तलाई हिजो मात्रै पक्राउ गरेको हो । घटनाको बिषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।