Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कैँची प्रहार गरी दाजुको हत्या

By साझासवाल 1 मिनेट पढाइ

धनगढी | धनगढीमा कैँची प्रहार गरी दाइले भाइको हत्या गरेका छन्।

शनिबार राति साढे १२ बजे घरायसी विवादका कारण धनगढी- १७ मा प्रकाश बोहराले दाजु लालबहादुर बोहराको घाँटीमा कैँची प्रहार गरेका थिए।

कैँची प्रहारबाट घाइते भएका लालको धनगढीको निसर्ग अस्पतालमा राति साढे दुई बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दर्शन खड्काले जानकारी दिए।

घटनापछि प्रहरीले प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।