2026-10-10 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेन्सर पास भयो चलचित्र ‘लाज शरणम्’, निर्धारित समयमै प्रदर्शनमा आउने

काठमाडौँ | चलचित्र ‘लाज शरणम्’ निर्धारित समय बुधबार नै प्रदर्शनमा आउने भएको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रालयका कानून विभाग हेर्ने अधिकारीसहित सो चलचित्रको जाँच गरेपछि केन्द्रीय चलचित्र जाँच पास समितिले चलचित्रलाई प्रदर्शन अनुमति दिएको हो ।

केहि दिनअघि निलम्बित सांसद तथा पूर्वमन्त्री अफताव आलमले चलचित्रमा देखाइएको पात्र आफ्नो गेटअपसंग मेल खाने र आफ्नो अनुमतिबिना चरित्रचित्रण गरेको भन्दै चलचित्र विरुद्ध उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दायर गरेका थिए । उक्त मुद्दाका आधारमा अदालतले फागुन ६ गते फिल्म लाज शरणम सम्बन्धी कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न निर्देशन दिएपछि चलचित्रको ट्रेलर रिलिज कार्यक्रम पनि स्थगित गरिएको थियो । सेन्सर बोर्डले अनुमति नदिएसम्म चलचित्रसँग सम्बन्धित कुनै पनि सामग्री सार्वजनिक नगर्न निर्देशन दिएको थियो ।

त्यही आदेशलाई मान्दै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले माघ ४ गते फिल्म ‘लाज शरणम’को जाँच गरेको थियो । समितिले चलचित्रको स्क्रिप्ट अध्ययन र चलचित्रको जाँच गरेपछि पूर्वमन्त्री आलमले भनेजस्तो चलचित्रमा कुनै पनि समस्या नरहेको बताएको छ ।

कुमार कट्टेल ‘जिग्री’को निर्देशनमा तयार भएको यस फिल्ममा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायतको समेत अभिनय देख्न सकिन्छ । साथमा अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला , प्रियाना आचार्य पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने