2026-10-10 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सनम तेरी कसम’ बन्यो रि–रिलिजमा सबैभन्दा बढी कमाउने फिल्म

काठमाडौँ | हालको समयमा भारतमा पुनः फिल्म रिलीज एक नयाँ प्रवृत्तिको रूपमा देखा परेको छ । धेरै वर्ष अघि थिएटरमा रिलिज भएका फिल्मले पनि रि–रिलिजमा आफ्नै पुराना कीर्तिमान तोड्न सफल भएका छन् ।

यसअघि चलचित्र विशेष अवसरमा मात्रै रिलिज हुन्थ्यो । तर, केही समय यता बलिउडमा पनि फिल्म रि–रिलिज गर्ने चलन सुरु भएको छ । यो सूचीमा पुराना देखि नयाँसम्म चलचित्रहरू समावेश रहेका छन् । यसमा हलिउड बलिउडलगायत अन्य भाषाका फिल्महरू पनि समावेश छन् । विशेष कुरा के छ भने पुनः रिलिज भएका चलचित्रले पनि निकै राम्रो प्रतिक्रिया पाइरहेका छन् ।


बलिउडमा सर्वकालीन ब्लकबस्टर फिल्म शोलेलाई लिनुहोस् । जब यो फिल्म हलमा रिलिज भयो, दर्शकहरु यसको लागि पागल बनेका थिए । यो फिल्म त्यतिबेला रि–रिलिजमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो । पछि सोहम शाहको ‘तुम्बाड’ले यो ठाउँ लियो र लामो समयसम्म बक्स अफिसमा पुनः रिलिज भएका चलचित्रहरूमध्ये सबैभन्दा धेरै कमाउने चलचित्र सावित हुन पुग्यो । तर, अहिले हर्षवर्धन राणेको फिल्म ‘सनम तेरी कसम ’ले यसअघिका फिल्मका रि–रिलिजका सबै रेकर्ड तोडेको छ । चलचित्रले पुनः रिलिजमा उत्कृष्ट प्रदर्शन गर्‍यो र गरिरहेको छ । जसका कारण अब यो फिल्म देशकै सबैभन्दा धेरै कमाउने रि–रिलिज भएको फिल्म बनेको छ ।

‘सनम तेरी कसम’ को प्रोडक्सन हाउसले यस फिल्मको पोस्टर सेयर गर्दै यो फिल्म अहिले देशमा सबैभन्दा धेरै कमाउने रि–रिलिज हुने फिल्मको सूचीमा पहिलो स्थानमा पुगेको बताएको छ । फिल्मलाई चारैतिरबाट बधाई मिलिरहेको छ । यो चलचित्र अहिले पनि हलमा चलिरहेको छ तर यसको कमाई दैनिक १० लाख रुपैयाँको हाराहारीमा नै कायम रहेको छ ।

खासमा यो फिल्म सन् २०१६ मा आएको थियो । फिल्मले रिलिजको समयमा औसत कमाई गरेको थियो । तर यो फिल्मसँगै हर्षवर्धन राणेको फ्यान फलोइङ बढेको थियो । त्यसपछि जब यो फिल्म फेरि रिलिज भयो, त्यो भन्दा बढी आकर्षण अहिले देखियो । यो फिल्मलाई अहिले पनि दर्शकले धेरै माया दिइरहेका छन् । र, केहि समय भित्रै यो चलचित्र ‘तुम्बाड’ सर्वाधिक कमाउने रेकर्डलाई पछि पार्दै सबैभन्दा धेरै कमाउने पुनः रिलिज भएको चलचित्र सावित भयो । फिल्मको लाइफटाइम कलेक्शनको कुरा गर्दा सकनिल्कको रिपोर्ट अनुसार फिल्मले पुनः रिलिजमा ३३ करोड कमाएको छ । फिल्मको कुल कलेक्सन अहिले ५३ करोड पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने