७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनीता अहुजासँग डिभोर्सबारे यसो भन्छन् गोविन्दा

१४ फाल्गुन २०८१, बुधबार १४:११

काठमाडौँ | बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनीता आहुजाले ३७ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने तयारी गरिरहेको चर्चा छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनीहरू डिभोर्सको प्रक्रियामा छन्।

यस विषयमा प्रतिक्रिया दिँदै गोविन्दाले भनेका छन्, “यो विषय मेरो व्यवसायसँग सम्बन्धित छ। अहिले म मेरो नयाँ फिल्मको तयारीमा व्यस्त छु,” भारतीय सञ्चारमाध्यम दैनिक जागरण लाई उनले बताएका छन्।

तर, सुनीता आहुजाले भने अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएकी छैनन्। चर्चाहरूअनुसार, ३० वर्षीया एक मराठी अभिनेत्रीसित गोविन्दाको प्रेम सम्बन्ध रहेका कारण उनीहरूको वैवाहिक जीवनमा दरार आएको बताइन्छ।

सुनिता आहुजाले हालै हिन्दी रशसँगको कुराकानीमा आफू र गोविन्दा छुट्टाछुट्टै घरमा बस्ने कुरा खुलासा गरेकी थिइन् । उनले भनेकी थिइन्, “हाम्रो दुई वटा घर छ । म र बच्चाहरू एउटा फ्ल्याटमा बस्छौँ, जबकि गोविन्द अर्को फ्ल्याटमा बस्छन् ।”

सुनिताले गोविन्द आफ्नो बैठकका कारण ढिलो आउने र अरुसँग कुरा गर्न मन पराउने भएकोले त्यहीँ बस्ने कुरा पनि खुलासा गरिन् ।

सुनिता र गोविन्द केही भेटघाटपछि नै दुवै जना एकअर्कासँग प्रेममा परेका थिए । एकदिन पार्टीबाट फर्कने क्रममा गोविन्दको हातले गल्तिले सुनिताको हात छोयो । तर, दुवैले आफ्नो हात हटाएनन् र यसरी दुवैले एकअर्काको प्रेममा सहमति जनाए । केही समय प्रेम सम्बन्धमा रहेपछि गोविन्द र सुनिताले ११ डिसेम्बर १९८७ मा विवाह गरेका थिए ।

नीलम कोठारीसँग विवाह गर्न चाहन्थे गोविन्दा
९० को दशकमा गोविन्द र नीलम कोठारीको अफेयर निकै चर्चामा थियो । दुवै जना धेरै फिल्ममा सँगै देखिएका थिए । तर, एक अन्तर्वार्तामा नीलमले अफेयरको खबर केवल अफवाह मात्र भएको बताएकी थिइन् । यसैबीच गोविन्दाको अन्तर्वार्ता हेडलाइनमा आयो, जसमा उनले नीलमसँगको आफ्नो सम्बन्ध स्वीकार गरेका थिए ।

१९९० मा स्टारडस्ट पत्रिकालाई दिएको एक अन्तर्वार्तामा गोविन्दाले भनेका थिए, “जब म फिल्ममा व्यस्त भएँ, त्यसको असर मेरो र सुनिताको सम्बन्धमा पर्‍यो । सुनिताले असुरक्षित र ईर्ष्यालु महसुस गर्न थालिन् । उनी मलाई दुःख दिन्थिन् र म रिसाउन्थेँ । हामीबीच निरन्तर झगडा हुन्थ्यो । यस्तै एउटा झगडामा सुनिताले नीलमको बारेमा केही भनिन् र म रिसले चुर भएँ । मैले सुनितासँगको सम्बन्ध अन्त्य गरेँ । मैले सुनितालाई मलाई छोड्न भनेँ र उनीसँगको मेरो इन्गेजमेन्ट तोडेँ । झगडा भएको ५ दिनपछि सुनिताले मलाई फोन नगरेको भए, म नीलमसँग विवाह गर्थें ।”

गोविन्दा र सुनीताले सन् १९८७ को डिसेम्बर ११ मा विवाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या