2026-07-03 12:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समीर भट्ट स्टारर ‘बलिदान’ को पोस्टर सार्वजनिक, फूलपातिको दिन रिलिज हुने

काठमाडौँ | समिर भट्ट स्टारर बहुप्रतिक्षित चलचित्र ‘बलिदान’ को पोस्टर सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले बलिदानको पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक भएको पोस्टरमा समिरले रक्तपात मच्चाइरहेको देखिन्छ ।

एउटा पोस्टरमा समीर भुईंमा रहेका दर्जनौँ शवमध्ये एउटाका खुट्टमा समाएर घिस्याइरहेका छन् । अर्को पोस्टरमा त्रिशूल र घरेलु हतियार पूरै रक्तपात मच्याइसकेपछि अवस्थामा कालीमाताको अगाडि उभिएका छन् ।

पोस्टर सार्वजनिक गरेसँगै निर्माण पक्षले रिलिज डेटपनि तोकिएको छ । आगामी दशैंको फूलपातिको दिन सो फिल्म रिलिज हुने जानकारी गराएको छ ।

निर्माता सन्तोष सेनले आफूले बलिदान जस्तो चलचित्र निर्माण गर्ने सोच बनाएको र यसका लागि यति ठूलो बलिदानी दिनुपर्छ भन्ने कल्पनासम्म नगरेको बताएका छन् । कथाले सिंगो जननी बोकेको कारणले पनि जीवनभर बगाएको रगत-पसिनामध्ये सबैभन्दा धेरै यस मा बगाएको महसुस भएको सन्तोषको भनाई छ ।

बलिदानबारे सन्तोषको भनाइ यस्तो छ

प्रिय दर्शकवृन्द,

हामी हाम्रो चलचित्र ‘बलिदान’को रिलिज मिति घोषणा गर्ने चरणमा पुग्यौ..।

जब मैले ‘बलिदान’ जस्तो चलचित्र निर्माण गर्ने सोच बनाएको थिएँ, यसका लागि यति ठूलो बलिदानी दिनुपर्छ भन्ने कल्पनासम्म गरेको थिइनँ । कथाले सिंगो जननी बोकेको कारणले पनि जीवनभर बगाएको रगत-पसिनामध्ये सबैभन्दा धेरै यस मा बगाएको महसुस भएको छ ।

यस चलचित्रको मूल आधार यसको कथा नै हो । लेखकहरूसँग बारम्बारको संवादपछि यो कथा केवल एउटा समयको मात्रै नभई हिजो, आज र भोलिको- सबै युगको कथा को पनि महाकथा बन्न पुग्यो । यसले यहाँ मात्र होइन, जहाँसुकै हुने शोषण र शोषित वर्गको यथार्थ चित्रण गर्छ । यही कारण, हामीले निर्माणको कुनै पक्षमा सम्झौता गर्न सकेनौँ । कलाकार छनोटदेखि प्रविधि र प्राविधिक पक्षसम्म, निर्माणदेखि व्यवस्थापनसम्म, गीतसङ्गीतदेखि सम्पादनसम्म- सबै क्षेत्रमा उत्कृष्टता हासिल गर्न हाम्रो टिमले अहोरात्र परिश्रम गरिरहेका छौँ ।

हाल ‘बलिदान’को सम्पूर्ण प्रोडक्सन कार्य सम्पन्न भइसकेको छ, र हामी पोस्ट-प्रोडक्सन प्रक्रियामा प्रवेश गरेका छौँ । चलचित्रलाई अझ उत्कृष्ट बनाउन दक्षिण भारतीय फिल्म उद्योगका प्रविधि र सीपको उपयोग गर्दैछौँ, जसका कारण रिलिजमा केही समय लाग्ने देखिएको छ । दशैँको आसपास चलचित्रको सम्पूर्ण काम पूरा हुनेछ ।

दशैँको फूलपातीका दिन कालीमातालाई यो जगतलाई दुःख दिने दानवरुपीको नाममा बली चढाउने परम्परा रहिआएको छ । संयोगवश,’बलिदान’को कथामा कालीमाताका अगाडि दानवी प्रवृत्तिका शोषकहरूको बलि दिने भावना समेटिएको छ । यही सन्दर्भलाई आत्मसात् गर्दै, ‘बलिदान’ २०८२ सालको फूलपाती (असोज १३) मा रिलिज गर्ने निर्णय गरेका छौँ ।

हामीले एक वर्षअघि सार्वजनिक गरेको ‘फर्स्ट ल्यान्डिङ’ प्री-टिजरमा २०८१ सालको फूलपातीलाई रिलिज मिति घोषणा गरेका थियौँ । यो चलचित्र एउटा दस्तावेज बनोस् भनेर अझ बलियो रूपमा प्रस्तुत गर्न, हामीले एक अतिरिक्त वर्ष लिएका हौँ ।

‘बलिदान’ निर्माणमा बगाएको रगतपसिना चलचित्र प्रेमी आदरणीय दर्शकहरूका लागि उत्कृष्ट चलचित्र पस्किने उद्देश्यले नै हो । अबको यात्रा तपाईंहरूको साथ र सहयोगबिना अपूर्ण रहनेछ । त्यसैले, हामी तपाईंहरूको गाउँ, टोल, बस्ती, घर—जहाँजहाँ आम दर्शक त्याहा त्याहा बिकुल फुक्न, आउनेछौँ । रिलिज मिति घोषणासँगै, ‘बलिदान’को सानो लुक पोस्टर सार्वजनिक गरेका छौँ । चाँडै नै भिडियो कोशेली मार्फत आउँदैछौँ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ