2026-07-03 10:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटकमा भाइरल राधा बादी सुतिरहेको अवस्थामा मृत फेला

काठमाडौँ | मादल बजाउँदै “नशा नशामा रगत रगतमा…” लगायतका गीत गाएर टिकटकमा भाइरल भएकी राधा बादीको मृत्यु भएको छ ।

श्रीमान जोग्गिरे बादीसँगै सुदूरपश्चिमका विभिन्न ठाउँमा गीत गाउन हिँड्ने राधा आइतबार बिहान सुतिरहेको अवस्थामा नै मृत फेला परेको कालिकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले बताए ।

चौधरीका अनुसार बादी कालीकोटको पताला गाउँपालिका वडा नं ७ मा सुतिरहेको अवस्थामा नै मृत फेला परेकी हुन् । उनले भने, “उहाँहरू गीत गाउँदै पैसा माग्दै हिँड्नु हुने रहेछ । जहाँ रात पर्‍यो उतै सुत्ने गर्नु हुन्थ्यो । यता दुई तीन दिन लगातार पानी पनि परेको थियो ।”

घटनास्थलका स्थानीयलाई उद्धृत गर्दै प्रहरी निरीक्षक चौधरीले भने, “श्रीमान श्रीमतीले धेरै नै मदिरा सेवन गर्नु हुन्थ्यो । त्यही कारणले श्रीमतीको मृत्यु भएको हुनसक्छ ।” बादीको शव पोस्टमार्टमका लागि लैजान घटना स्थलमा आफू पुगेको भन्दै उनले त्यसको रिपोर्ट आएपछि मृत्युको कारण यकिन हुने जानकारी दिए । उनले भने, “श्रीमान श्रीमती नै राति रक्सि खाएर सँगै सुत्नुभएको रहेछ । राति अरू कुनै व्यक्ति आएको जस्तो देखिएको छैन ।”

हालसम्म बादी दम्पतीको परिवारका अन्य सदस्यको खोजी भइरहेको तर कोही पनि पत्ता नलागेको उनले बताए । पछिल्लो हप्तामा टिकटकमा बादी जोडिलाई धेरैले रुचाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक