साउन १३, सिरहा । मिर्चैया नगरपालिकामा रहेको डिप ट्युबेल आयोजना संचालन नहुँदा किसानहरु मर्कामा परेका छन् । 

मिर्चैया नपा ६ मा अवस्थित डिप टुवेल लाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, सिरहा । मिर्चैया नगरपालिकामा रहेको डिप ट्युबेल आयोजना संचालन नहुँदा किसानहरु मर्कामा परेका छन् । 

मिर्चैया नपा ६ मा अवस्थित डिप टुवेल लाम"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा डिप ट्युबेल संचालन नहुँदा किसान मर्कामा

१३ श्रावण २०७४, शुक्रबार १२:५५

साउन १३, सिरहा । मिर्चैया नगरपालिकामा रहेको डिप ट्युबेल आयोजना संचालन नहुँदा किसानहरु मर्कामा परेका छन् । 

मिर्चैया नपा ६ मा अवस्थित डिप टुवेल लामो समयदेखि बन्द रहेको भएपनि सम्बन्धित निकायले चासो नदिँदा किसानहरु थप समस्यामा परेका छन् । समयमा बर्षा नभएकाले खडेरी पर्ने प्रबल सम्भाबना रहेको बेला धान रोपाईका लागि डिप ट्युववेल संचालन गर्न पटक पटक आग्रह गरेपनि सम्बन्धित निकायले कुनै चासो नदिएको किसानहरुको आरोप रहेका छन् । 

आयोजनाले लामो समयदेखि बिद्युत महशुल नबुझाएकोले बिद्युत प्राधिकरणले लाइन काटेको समेत किसाानहरुले आरोप लगाए । आफुहरुले रु. १५ प्रतियुनिटका दरले रकम आयोजनालाई बुझाएको भएपनि बिद्युत प्राधिरणमा नबुझाएकोले लाइन काटेकाले आफुहरु धान रोपाइर्को सिजनमा पनि पानीबाट बन्चित रहेको किसानहरु दुखेको पोखे । यस आयोजनाले मिर्चेया बडा नं. ५, ६ र १० का कृषकहरु लाभान्वित भईरहेका छन् ।

यता, डिप ट्युववेल आयोजना मिर्चैयाका अध्यक्ष धिरेन्द्र प्रसाद साह (ललन) ले बिद्युतको समस्या नरहेको भन्दै मेसिनको प्यानल बोर्डमा खराबी आएकोले भुमिसुधार कार्यालय डिभिजन नं. ११ लहानसंग समन्बय गरी ३ दिन भित्र संचालन गर्ने तयारी गरिएको बताए । 

बर्षमा ३ महिना मात्र संचालन हुने डिप टुवेलको मेसिनमा खराबी आएकोले समयमा पानी दिन नसकेको अध्यक्ष साहले स्बिकार गरे । अब छिटै मर्मत गरि संचालन गरिने समेत अध्यक्ष साहले दाबी गरे ।  

डिप ट्युववेल मिर्चैयाले समयमा बिद्युत महशुल नबुझाएकोले पटक पटक लाइन काटेको नेपाल बिद्युत प्रािधिकरण मिर्चैया बितरण केन्द्रका ईन्जिनियर संजिब कर्णले बताए । 

डिप ट्युववेललाई बिद्युत महुशल जरिवाना समेत गरि रु. ७४ हजार ४ सय ४५ रुपैया ५० पैसा बुझाउन बाँकी रहेकोले करीब ६ महिनादेखि लाइन काटेको ईन्जिनियर कर्णले जनाए । आयोजनाले बिद्युत महशुल रु. ४ रुपैया ९० पैसा प्रतियुनिटका दरले बुझाउने गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो