९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीका जिल्ला शिक्षा अधिकारी सात लाख रुपैयाँसहित पक्राउ

१४ श्रावण २०७४, शनिबार ०१:४७

साउन १४, सर्लाही । सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदी झण्डै सात लाख रुपैयाँसहित पक्राउ परेका छन् । 

भारतीय नम्बर प्लेटको गाडी चढेर सर्लाहीबाट आफ्नो घर चितवन आइरहेका बेला प्रहरीले राप्ती नगरपालिकाको लोथर चेक प्वाइन्टबाट शुक्रबार मध्यान्ह पक्राउ गरेको हो ।

चितवन प्रहरी प्रमुख दीपक थापाका अनुसार सुवेदी र गाडी चालकसहित तीन जना पक्राउ परेका छन् । सुवेदीको साथबाट ६ लाख ९५ हजार रुपैयाँ बरामद समेत भएको छ 

सुवेदी चितवनको भरतपुर महानगरपालिका- ८ शरदपुरका बासिन्दा हुन् । उनीमाथि बिभिन्न व्यक्तिहरुबाट अवैधरुपमा रकम लिएको आरोप लागेको छ ।

सुवेदी ५० लाख रुपैयाँसहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी चढेर चितवन आएको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चितवन प्रहरीलाई दिएको थियो । 

सोही सूचनाको आधारमा गाडी रोकेर जाँच गर्दा सुवेदीको साथबाट रकम बरामद भएको थापाले बताए । दिउँसो साढे १२ बजेतिर प्रक्राउ परेका सुवेदीलाई चितवन प्रहरीले दिउँसो ३ बजेतिर अख्तियारको टोलीको जिम्मा लगाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो