२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक विक्रम राईको मृत्यु शंकास्पद, भिसेरा रिपोर्ट कुर्दै प्रहरी

३ चैत्र २०८१, आईतवार १२:१४

काठमाडौँ | गायक तथा संगीतकार विक्रम राईको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ। खोटाङ घर भएका राईको फागुन १७ गते राति हरसुङमा अर्गानिक खाजा घर, अनामनगरमा मृत्यु भएको थियो।

अत्यधिक मदिरा सेवन गरेका राईको मृत्यु शंकास्पद देखिएको भन्दै उनको परिवारले अनुसन्धानको माग गरेका छ। विक्रमसँग केही वर्षदेखि लिभिङ टुगेदरमा बसिरहेकी खोटाङकै युवतीविरुद्ध उनीहरूले किटानी जाहेरीसमेत दिन खोजेका छन्। घटना हुँदा ती युवती साथै थिइन्।

त्यस रात विक्रम ढलेपछि तिनै युवतीले प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरी भ्यानमा उनलाई बागबजारस्थित काठमाडौँ मोडल अस्पताल लगिएको थियो। अस्पतालले करिब एक घण्टापछि उनलाई मृत घोषणा गरेको थियो।

शव पोस्टमार्टमपछि आफन्तले खोटाङ नै लगेर अन्तिम संस्कार गरिसकेका छन्। पोस्टमार्टमबाट पनि उनको मृत्युको कारण नखुलेको प्रहरीको दाबी भनाइ छ। अहिले प्रहरी भिसेरा परीक्षणको नतिजा पर्खिरहेको छ। भिसेरा परीक्षण प्रतिवेदन प्राप्त भएपछि थप अगाडि बढ्ने प्रहरीको भनाइ छ।

प्रहरीले घटनास्थलको सीसीटीभी पनि हेरेको छ। त्यहाँबाट युवतीको भूमिका शंकास्पद नदेखिएकाले अहिले नै उनीविरुद्ध मुद्दा चल्ने अवस्था नदेखिएको प्रहरीको भनाइ छ। विक्रमकी दिदी अमिता राई लगायत आफन्तले लिभिङ टुगेदरमा बसेकी युवतीलाई पक्राउ गरेर अनुसन्धान थाल्न माग गरेका छन्। विक्रमको मृत्यु भएको दोस्रो साता मात्रै आफन्त अनुसन्धानको माग गर्दै प्रहरी वृत्त सिंहदरबार पुगेका छन्।

सुरुमा विक्रमको मृत्युको कारण शंकास्पद नठानेको तर अहिले उनको मृत्यु नभई हत्या हुन सक्ने आधार देखिएको दिदी अमिताले बताएकी छन्। विक्रमले बोक्दै आएका दुईवटा मोबाइल लगायतका कुनै पनि सामग्री परिवारलाई प्राप्त नभएकोले घटना शंकास्पद बन्दै गएको उनको जिकिर छ।

घटनास्थलबाहिरको सीसीटीभी फुटेजले झनै शंका थपिए पनि प्रहरीले फरेन्सिक रिपोर्ट आएपछि उजुरी लिने जवाफ दिएको उनले बताइन्। तत्काल अनुसन्धान नभए र प्रमाणहरू नष्ट हुने आशंका उनको छ। परिवारको शंका मेटाउन पनि घटनाको यथासीघ्र अनुसन्धान हुनुपर्ने उनीहरूको माग छ।

गायिका समेत रहेकी युवतीले फेसबुकमार्फत विक्रमलाई माया गरेको र उनी पनि शोकमा रहेको बताएकी छन्। उनले विक्रमले अत्यधिक रक्सी पिएपछि झगडा भएको, बियरको बोतल फुटाएको र आफूलाई समेत हुत्याएको दाबी गरेकी छन्। उनले भनेकी छन्, “मैले अमिता दिदीलाई खबर गर्दा पनि वास्ता गरिनन्। अहिले सबैले मलाई दोष लगाइरहेका छन्, तर सत्य बाहिर आउन दिनुपर्छ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली