माधव बेल्वासे/साउन १६, चन्द्रौटा । पश्चिम नेपाल ग्रामीण खानेपानि तथा सरसफाई दोस्रो चरण कार्यन्वयन लागि कपिलवस्तुको विजयनगर गाउपालिका र स्थ"/>
माधव बेल्वासे/साउन १६, चन्द्रौटा । पश्चिम नेपाल ग्रामीण खानेपानि तथा सरसफाई दोस्रो चरण कार्यन्वयन लागि कपिलवस्तुको विजयनगर गाउपालिका र स्थ"/>
माधव बेल्वासे/साउन १६, चन्द्रौटा । पश्चिम नेपाल ग्रामीण खानेपानि तथा सरसफाई दोस्रो चरण कार्यन्वयन लागि कपिलवस्तुको विजयनगर गाउपालिका र स्थानिय पुर्वधार विकास तथा कृषि सडक विभाग बिच समझदारि पत्रमा हस्ताक्षर समारोह समपन्न भएको छ ।
नेपालका १४ वटा जिल्लामा संचालित परियोजना यसपटक देखि स्थानिय निकाय वाटै संचालन हुने भएको छ ।जिल्लाको सुदुरपश्चिम क्षेत्रमा रहेको विजयनगर गाउपालिकामा खानेपानि सरसफाई तथा स्वच्छता गर्नको लागि यो समझदारि भएको हो ।
परियोजना लागु भएको क्षेत्रमा वासिन्दाहरुको लागि खानेपानी र सरसफाईमा समान पहुच पुराई,स्वस्थ्य तथा सामाजिक र आर्थिक अवस्था सुधार गर्ने र परियोजना लागु भएका स्थानिय निकायमा खानेपानि सरसफाई तथा स्वच्छता कार्यक्रमलाई सहयोग गर्ने उद्देश्य रहेको छ ।
नेपाल सरकारले २०१७ सम्ममा खुल्ला दिशा मुक्त घोषण गर्ने लक्ष्य अनुरुप फिनल्याड सरकार र नेपाल सरकार विच २०७० सालमा ५ वर्षको लागि ८७ स्थानिय निकायमा सम्झौता भएको थियो ।
पुन सोहिको लागि एक वर्ष अवधि वढेको छ ।समझदारी २०७६ अषाढ मसान्त रहने,गाउपालिका नगरपालिका वास कार्यक्रम कार्यान्वयन तथा परियोजना अवधि पश्चात् निरन्तरता दिने समझदारी पत्रका प्रमुख पक्ष रहेको छ ।समझदारि पत्रमा गाउपालिकाका प्रमुख गोपाल थापाले हस्ताक्षर गरे ।
विजयनगर गाउपालिकाको लागि यो परियोजना वाट ५५ लाख ८४ हजार वजेट रहेको छ । कार्यक्रममा परियोजनाको परिचय उद्देश्य अनुगानका प्रकृया,कार्यसम्पादनको मुल्याङकन लगाएतका वारेमा खानेपानी विज्ञ तेज ओझा र विपिन पौडेलले जानकारि दिए ।
कार्यक्रमका अध्यक्ष विजयनगर गाउपालिका प्रमुख गोपाल थापाले २०६७ साल देखि नै खुल्ला दिशा मुक्त क्षेत्र घोषणमा लागेको वताए ।थापाले विजयनगर गाउवासिहरुलाई शौचालय निमार्ण अभियानमा सवै लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा गाउपालिकाका प्रमुख गोपाल थापा ,उपप्राुख लक्ष्मि थारु,कार्यकारि अधिकृत रविन्द्र चौधरि ,खानेपानी विज्ञ तेज ओझा र जिल्ला वास सहजकर्ता विपिन पौडेल, अर्जुन वेल्वासे लगाएत सम्पुर्ण वडाका वडा अध्यक्ष,सदस्य लगाएतको सहभागिता रहेको थियो ।