२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ चलचित्र ऐन चाँडै ल्याइने : सञ्चारमन्त्री गुरुङ

१४ बैशाख २०८२, आईतवार ११:१९

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’ चाँडै ल्याइने बताउनुभएको छ । उहाँले आजको राष्ट्रियसभामा ऐन पेस गर्ने बताउनुभयो ।

शनिबार ललितपुरस्थित ग्वार्कोमा रहेको होटल तुलिपमा आयोजना गरिएको नेपाली चलचित्र वितरक तथा प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घको ५०औँ वार्षिक साधारणसभामा मन्त्री गुरुङले २०२६ सालमै बनेको ‘चलचित्र ऐन’ परिमार्जन भएर आएपछि चलचित्रकर्मीले सामना गरिरहनुभएको अवरोध हट्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नयाँ चलचित्र ऐन टेबल गर्दैछु । म आफू सञ्चार मन्त्रालयमा आएपछि पुरानो नीति र कानुनले दिएको कठिनाइलाई राम्रोसँग बुझेर परिमार्जन गर्न लागिरहेको छु । रेडियो नेपाल, नेपाल टेलिभिजन, हुलाक, रासस, सबै सञ्चार क्षेत्रसँग जोडिएका संस्थाहरूको नीति पुरानो पञ्चायतकालको छ । कानुन पनि पञ्चायतकै छ । यसमा हामीले काम गर्नुपर्ने छ, गरिरहेका छौँ ।”

मन्त्री गुरुङले अबको एक सातामा नेपालको कानुनअनुसार दर्ता नभए ‘मेटा’लाई नेपालमा प्रतिबन्ध लगाउने बताउनुभयो । मेटाले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)भन्दा आफ्नो आम्दानी धेरै भएको उल्लेख गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने उहाँले बताउनुभयो ।

“मेटा भन्नेबित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम होला, चलिरहेका छन् । तर, उनीहरूले नेपालको कानुन मान्दिनँ भन्न मिल्दैन, हाम्रो कानुनअनुसार दर्ता भई सञ्चालन हुनुपर्छ । यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन ? त्यसका कारणले फैलने गलत कुरा हामीले नियन्त्रण गर्नुपर्दैन ? उनीहरूको कन्टेनले हाम्रो राष्ट्रिय स्वाधीनताका विरुद्धमा बोल्यो भने समाजमा ठूलो प्रभाव पर्न सक्छ । त्यसैले तिनीहरूको नियमन हुनुपर्छ”, मन्त्री गुरुङले भन्नुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले पदभार सम्हालेदेखि नै भनिरहेका तीन काम अन्तिम चरणमा भएको बताउनुभयो ।

“चलचित्र क्षेत्रको पहिलो समस्या भनेकै नयाँ चलचित्र ऐन थियो, जुन हामीले छिट्टै पाउने सुनिश्चित भइसकेको छ । चलचित्र छायाङ्कनका लागि नेपालकै ठूलो स्टुडियो बनाउने कुरा पनि बोलपत्र प्रक्रियाबाट अगाडि बढेर अब छिट्टै शिलान्यास हुँदैछ । यसका साथै चलचित्र भवनमा काटिएको टिकटको विवरण पनि छिट्टै आउनेगरी ‘बक्स अफिस’मा ‘रियल टायम डाटा’ उपलब्ध हुने छ”, उहाँले भन्नुभयो । अध्यक्ष डिसीले चलचित्र क्षेत्रमा देखिएका समस्यालाई आफूले चलचित्रकर्मीका रूपमा बुझेकाले त्यसलाई क्रमबद्ध रूपमा समाधान गर्ने बताउनुभयो ।

नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले सङ्घले नेपालमा चलचित्र हेर्ने संस्कृतिको विकास गर्न निर्वाह गरेको भूमिकाको विषयमा चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले प्रिन्ट (रिल) बोकेर पनि चलचित्र देखेका छौँ, अहिले डिजिटल प्रविधि आइसकेको छ । यसकारण हामी पनि समयअनुसार परिमार्जित भएर अगाडि बढिरहेका छौँ । नेपालबाहेक अन्य देश पुगेर त्यहाँ चलचित्र हेर्नु भएका दर्शकलाई उस्तै सुविधा दिने प्रयत्न हाम्रो हुन्छ । हामीलाई भइरहेको कठिनाइलाई हामीले प्रक्रियागत रूपमा चलचित्र विकास बोर्डमार्फत मन्त्रालयमा जानकारी गराउने छौँ”, अध्यक्ष महर्जनले भन्नुभयो ।

कार्यक्रममा सङ्घमा योगदान दिएको भन्दै ११ जनालाई सम्मान गरिएको थियो । कार्यक्रममा सङ्गीतकार शम्भुजित बाँस्कोटा, अभिनेता हरिवंश आचार्य, हास्य कलाकार किरण केसी, निर्देशक पुर्नेन्दु झा, सम्झना उप्रेती रौनियार, प्रचण्डमान श्रेष्ठ, रेनाशा वान्तवा राई, अभिनेत्री रेखा थापालगायत देशभरका चलचित्र भवन सञ्चालक (प्रदर्शक) उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता