2026-10-10 03:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्वाइस अफ नेपाल’को किड्स संस्करणमा कोचको रुपमा फर्किए गायक खरेल

काठमाडौँ । गायक प्रमोद खरेल सुरुवातदेखि लगातार ‘भ्वाइस अफ नेपाल’को कोचको रुपमा देखिए । तर, छैटौं सिजनमा उनी देखिएनन् । त्यतिबेला उनले एक सिजनलाई विश्राम लिएको बताएका थिए ।  कोचको रुपमा नहुँदा पनि दर्शकले प्रमोदको खोजी गरिरहे । उनको माग भैरह्यो । ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजन यसैसाता सकिएको छ र निर्माता ‘किड्स संस्करण’ ल्याउने तयारीमा छन् ।

मे २० देखि ‘भ्वाइस किड्स’ चौंथो सिजनको ब्लाइन्ड अडिसनको छायांकन सुरु हुने तयारीमा छ । यो बीचमा दर्शकलाई खुसीको खबर छ । ‘भ्वाइस किड्स’मा प्रमोद कोचको रुपमा देखिनेछन् । शो निर्देशक लक्ष्मण पौड्यालले कोचको रुपमा प्रमोदले निरन्तरता दिने बताए । ‘अहिलेसम्म उहाँ कोचमा पक्कापक्की नै हो’ निर्देशक पौड्यालले भने ।

उनका अनुसार मेलिना राई र खेम सेन्चुरी पनि कोचको रुपमा देखिनेछन् । यद्यपि, यी कोचबारे औपचारिक घोषणा हुन बाँकी छ । अर्का एक कोच तय हुन बाँकी रहेको जनाइएको छ । ‘भ्वाइस किड्स’को यो सिजनमा नेपाल, भारत र विभिन्न देशबाट समेत बालबालिकाले आवेदन दिएको निर्देशक पौड्यालले बताए । ब्लाइन्ड अडिसनमा एकजना कोचको समूहमा १२ जना प्रतिस्पर्धी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने