१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजेश हमालको कमब्याक फिल्म ट्रेलर युट्युवको मुभी सेक्सनको ट्रेन्डिङ नम्बर ३ मा

२८ बैशाख २०८२, आईतवार १६:०१

काठमाडौँ । फिल्म ‘नरसिंहाः अवतार’ को ट्रेलरलाई युट्युबमा रुचाइएको छ। सार्वजनिक भएको ३ दिन नपुग्दै फिल्मको ट्रेलरले १० लाख भ्यूज पाएको हो। ट्रेलर युट्युवको मुभी सेक्सनको ट्रेन्डिङ नम्बर ३ मा छ।

राजेश हमालको कमब्याक यस फिल्मको ट्रेलरलाई दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ। म्युजिक नेपालको युट्युब च्यानलमा यो फिल्मको ट्रेलरमा ४ हजार ३ सय भन्दा बढी प्रतिक्रिया मिलेको छ। अधिकांशले उत्कृष्ट प्रतिक्रिया दिएका छन्।

राजेश हमालको गर्जन लामो समयपछि हेर्न पाइयो भन्दै दर्शकहरु उत्साहित देखिएका छन्। दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको यस फिल्ममा राजेशसहित नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, प्रशान्त ताम्राकार लगायतको अभिनय छ।

फिल्मको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत सर्वाधिक चर्चामा छ। ट्रेलरले समेत उच्च हाइप बनाउँदा फिल्मले बक्स अफिसमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ। फिल्ममा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपानेको लगानी छ । यो फिल्म जेठ ९ गतेबाट रिलिज हुँदैछ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने