माधव बेल्वासे/साउन ३२, कपिलवस्तु । रेडियो शिवराज १०६.८ मेगहर्ज चन्द्रौटाले अविरल वर्षका कारण भएका वाढि पिडितको लागि संकलन गरको राहतको सामाग्रि वाकेका पिडितल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/साउन ३२, कपिलवस्तु । रेडियो शिवराज १०६.८ मेगहर्ज चन्द्रौटाले अविरल वर्षका कारण भएका वाढि पिडितको लागि संकलन गरको राहतको सामाग्रि वाकेका पिडितल"/>

2026-10-31 10:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

रेडियो शिवराजले संकलन गरेको राहत बाँकेका बाढी पिडितलाई


माधव बेल्वासे/साउन ३२, कपिलवस्तु । रेडियो शिवराज १०६.८ मेगहर्ज चन्द्रौटाले अविरल वर्षका कारण भएका वाढि पिडितको लागि संकलन गरको राहतको सामाग्रि वाकेका पिडितलाई वितरण गरेको छ ।

घर वास विहिन भएकाहरुलाई उपलब्ध गराउने उद्देश्यले सोमवार कपिलवस्तुको चन्द्रौटामा सो राहत संकलन गरिएको थियो । संकलित सामाग्रि जिल्ला प्रशासन कपिलवस्तु र जिल्ला दैविप्रकोप वाकेको सवन्वयमा वाकेको खजुरा गाउपालिका वडा ६ आठ रोपनि का वाढि पिडितहरुलाई रेडियोका कार्यकारि निर्देश विजय जयसवालको नेतृत्वमा वितरण गरिएको हो । 

आठरोपनिका करिव २ सय घरपरिवार वाढिको कारण पिडित भएको पाइएको छ उनिहरु त्यस ठाउको एक विद्यालयमा वसिरहेका छन । विद्यालयमा कोठाहरु धेरै नहुदा एक कोठामा ६ घरपरिवार वस्न वाध्य भएको पिडितहरुको भनाई छ ।

 राहत स्वरुप रेडियोले संकलन गरेको चाउचाउ ९ हजार पिस,भुजा २० वोरा,कपडा करिव १ हजार जोड,मग र जग ४९ पिस,झुल ५० पिस,टर्च ५० पिस,कापि ३० दर्जन,शिसाकलम १० दर्जन,विस्कुट १० पेटि,सावुन १४४ पिस,नुन १ वोरा,चिउरा ५ वोरा,दालमोट २० पोका ठुलो,तन्ना ५० वटा,चप्पल २ सय जोर,त्रिपाल ५० पिस,व्रस मंजन  ६० ६० पिस,सर्फ २ वोरा औषधि लगाएत अति अतिआवश्यक सामाग्रिहरु खजुरा गाउपालिका वडा न ६ का वडा अध्यक्ष साविर अन्सारिलाई हस्तानतरण गरिएको छ ।

तराईको ८० प्रतिशत भुभाग डुवानमा परेको कारण विभिन्न व्याक्तिको सहयोग र मेहनतका कारण पिडितहरुलाई केहि राहत हुने भएकोले राहत संकलन गरेको रेडियोका कार्यकारि निर्देशक विजय जयसवालले वताउनु भयो ।यस्तो अवस्थामा सरकारको मात्र मुख नहेरेर आफुले सक्दो सहयोग गर्नेपर्ने उहाले धारण राख्नुभयो ।

त्यस्तै सामाग्रि वुझ्दै वाजुरा गाउपालिका वडा ६ का वडा अध्यक्ष साविर अन्सारिले रेडियोको टिमलाई धन्यवाद दिनुभयो । अहिलेसम्म ठुलो राहत नआएको र यस राहतले पिडितको घाउमा मलम लाग्ने उहाले वताउनु भयो ।

त्यस्तै रेडियोका अध्यक्ष सुवास चन्द्र जयसवालले सहयोगि हातहरुलाई धन्यावाद समेत दिनुभयो । वितरणका लागि रेडियो शिवराजका कार्यकारि निर्देशक विजय जयसवाल,स्टेसन म्यानेजर सनिउल्ला धोवि,कालिका स्वालम्वनका सुदिप चापागाई,रेडियो शिवराजका माधव बेल्वासे र दिपक के सि वाके पुग्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय