१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित

३० बैशाख २०८२, मंगलवार ११:३९

काठमाडौँ | दक्षिण कोरियामा आयोजित २६औँ जेओन्जु अन्तरराष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा नेपाली कवि एवं कलाकार जीवन खत्रीसहित कलाकारहरुलाई सम्मान गरिएको छ ।

खत्रीसहित नेपाली कविहरू सुनिलदिप्त राई र दिलीप वान्तवाले मुख्य भूमिकामा अभिनय गरेको डकुमेन्ट्री चलचित्र ‘मेसिनको देशमा’ महोत्सवमा उत्कृष्ट भई समापन समयको विशेष शो प्राप्त गरेको थियो । आयोजकका अनुसार सुरुआती चलचित्र र समापनको चलचित्रलाई विशेष मानिन्छ र यसलाई महोत्सको अनुहार भनिन्छ ।

सो सम्मान खत्रीका साथै डकुमेन्ट्रीकी निर्माता तथा निर्देशक किम ओक यङ, सहायक निर्देशक किम सनहाय, नेपाली भाषाकी अनुवादक इ गिजु मुना र मोहन कार्कीलगायत डकुमेन्ट्री निर्माण टोलीलाई रातो कार्पेटले सम्मान गरिएको हो ।

महोत्सव कोरियाका तीन प्रमुख अन्तरराष्ट्रिय चलचित्र महोत्सवहरू मध्ये एक हो । २६औँ जोओन्जु अन्तरराष्ट्रिय चलचित्र महोत्सव आयोजकका अनुसार महोत्सवकामा विश्वभरबाट दुई हजार ४९७ चलचित्रहरू पेस गरिएका थिए र ५७ देशका २२४ चलचित्रहरू नौ हजार १४८ कथानक चलचित्रहरू र ७६ छोटा चलचित्रहरू) प्रदर्शन गरिएका थिए । तीमध्येबाट उत्कृष्ट दुई चलचित्रलाई सुरुआत र समापनको विशेष शो प्रदान गरिएको थियो ।

दश दिन चलेको महोत्सवमा सुरुआती फिल्म राडु जुडद्वारा निर्देशित ‘कन्टिनेन्टल’ २५ छनोट भएको थियो भने समापनका लागि काव्य डकुमेन्ट्री चलचित्र ‘मेसिनहरूको देशमा’ उत्कृष्ट हुँदै समापनको शो पाएको थियो । महोत्सव आयोजक समितिका अध्यक्ष मिन वू बेओमले हालसम्मकै संस्करणको उच्चतम रेकर्ड हासिल गर्न कार्यक्रम सफल रहेको बताउनुुभयो । सम्मानबाट मुलुकको प्रतिष्ठा अन्तरराष्ट्रियजगत्मा बढेको कवि खत्रीले बताउनुुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने