भदौ ३, काठमाडौं । प्रधानमन्त्री देउवा भारतको राजकीय भ्रमणमा आगामी बुधबार नयाँदिल्ली जाने तय भएको छ ।

उनले बिहीबार भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारत सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन् ।

देउवालाई राष्ट्रपतिभवनमा राख्ने व्यवस्था गरिएको छ भने सरकारी अधिकारीलाई भारतको ताजमानसिंह होटेलमा राख्ने व्यवस्था भएको परराष्ट्र स्रोतले जनाएको छ ।

बिहीबार औपचारिक वार्तापछि हैदराबाद हाउसमा देउवा र भारतका प्रधानमन्त्री मोदीको संयुक्त पत्रकार सम्मेलन हुनेछ । प्रधानमन्त्री देउवा आन्ध्रप्रदेश र पटना भ्रमणमा जानेछन् । -नयाँ पत्रिका दैनिक

Related News