2026-09-22 02:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी चलाएबापत पाँच गुणा शुल्क बढाउने तयारी यस्तो छ


भदौ ३, काठमाडौं । सडक बोर्ड नेपालले सवारीसाधन चलाएबापत सवारीधनीले तिर्नुपर्ने सडक दस्तुर बढाउने प्रस्ताव गरेको छ । 

बोर्डले सडकमा सवारीसाधन चलाएबापत तिर्नुपर्ने दस्तुरलाई करिब पाँच गुणासम्म बढाउने प्रस्ताव गरेको हो । बोर्डले अहिले विभिन्न चारवटा राजमार्गमा सवारीसाधन चलाएबापत लिने सडक दस्तुरबाट वार्षिक ११ करोड ९४ लाख ४६ हजार रुपैयाँ संकलन गर्दै आएको छ । 

सडक मर्मतमा आवश्यक रकम खर्च गर्न नपुगेको भन्दै बोर्डले सडक दस्तुर बढाउने तयारी गरेको हो । सरकारले दिने गरेको रकमले सडक मर्मत गर्न नपुगेको र आफ्नै स्रोत बढाउन अर्थ मन्त्रालयले पनि सकारात्मक संकेत दिएकाले २०५८ सालदेखि उठाइँदै आएको सडक दस्तुर वृद्धिको प्रस्ताव गरिएको सडक बोर्ड नेपालका निर्देशक सागर ज्ञावालीले जानकारी दिए ।

‘सरकारले देशभरको सडक मर्मत गर्न आवश्यक रकमको जोहो बोर्डले नै गर्नुपर्ने व्यवस्था गरेको छ’, उनले भने, ‘तर आवश्यक स्रोतको अभावमा प्रभावकारी काम नहुने भएकाले आफ्नै स्रोत बढाउन लागिएको हो । सडक मर्मतकै नाममा संकलन हुने सबै शुल्क पनि बोर्डमै ल्याउने पहल भइरहेको छ।’

बोर्डले जुन सडकबाट शुल्क संकलन गर्छ, त्यसैको मर्मतमा रकम खर्च गर्ने दाबी गरेको छ 

बोर्डले हेटैाँडा-नारायणगढ, नारायणगढ-बुटवल, नौबीसे-मुग्लिङ र भैरहवा-भूमही सडकखण्डमा हाल मोटरसाइकलको पाँच रुपैयाँ सडक दस्तुर लिने गरिएको छ । यी सडकखण्डमा अहिले भारी सवारीसाधनको दस्तुर क्रमशः २०, ३०, २५ र १० रुपैयाँ छ । 

तर यी सडकमा प्रस्ताव गरिएको दस्तुर क्रमशः ३०, ४०, ३५ र १५ रुपैयाँ छ । अहिले लिइँदै आएको शुल्कमा कम्तीमा १० प्रतिशतले वृद्धि प्रस्ताव गरेर नयाँ शुल्क तोक्न लागिएको सडक बोर्ड नेपालले जानकारी दिएको छ ।

हालसम्म सडक दस्तुर शुल्क तय भएर पनि उठाउने नगरेका अन्य सातवटा सडकखण्डमा पनि बोर्डले मोटरसाइकललाई १० देखि ३० रुपैयाँ, भारी सवारीलाई सडकअनुसार २५ देखि तीन सय ९० र हलुका सवारीलाई पनि १५ देखि दुई सय ३५ रुपैयाँसम्मको प्रस्ताव गरेको बोर्डको भनाइ छ।

बोर्डले हाल सडक उपभोग दस्तुरमार्फत सीधै संकलन हुने रकम मात्रै वृद्धि गर्ने प्रस्ताव गरेको हो । बोर्डको यो प्रस्ताव सहमतिका निम्ति अर्थ मन्त्रालयमा पुगेको छ । बोर्डले आफ्नो आम्दानीको स्रोत बढाउन गरेको प्रस्ताव सकारात्मक रहेको अर्थ मन्त्रालयका उपसचिव दिलीप अधिकारीले

बताए । बोर्डले नयाँ दस्तुर उठाउन ठेकेदार छनोटका लागि सार्वजनिक प्रस्तावको अन्तिम तयारी पनि गरिसकेको छ । सरकारबाट प्रस्ताव स्वीकृत हुनासाथ नयाँ दस्तुर उठाउन उपयुक्त ठेकेदार छनोटका लागि प्रस्ताव आह्वान गर्ने बोर्डको भनाइ छ ।

बोर्डले उठाएको यस्तो शुल्क जुन सडकबाट संकलन हुने हो, सोही सडक मर्मतमा खर्च गर्ने दाबी पनि गरेको छ । बोर्डको मर्मतको दायित्व देशभरका राजमार्ग र बाह्रै महिना सवारी चल्ने स्थानीय सडक पनि हुन् । हाल बोर्डले सीमित राजमार्गमा मात्रै यस्तो शुल्क उठाएर सोही क्षेत्रको मर्मतमा खर्च गर्ने गरेको ज्ञवालीले बताए ।

बोर्डले हाल आफैले उठाएकोबाहेकको शुल्क सरकारले करका रूपमा लिने गरेको छ । उक्त रकम सीधै बोर्डलाई प्राप्त हुँदैन । वार्षिक २० अर्ब रुपैयाँ संकलन हुने भए पनि सरकारले भने बोर्डलाई चार अर्ब रुपैयाँ मात्रै निकासा दिने गरेको छ । तसर्थ बोर्डले सबै रकम निकासा गरेर प्रभावकारी सडक मर्मत गर्न सकिने किसिमले दस्तुर बढाउने तयारी थालेको हो ।

यस्तो सडक मर्मत शुल्क बोर्डले सडक विभागअन्तर्गतको सडक मर्मत महाशाखालाई राजमार्गको मर्मत र स्थानीय सडकलाई सोही क्षेत्रको मर्मतमा निकासा गर्दै आएको छ । -अन्नपूर्ण पोष्टबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ