६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी चलाएबापत पाँच गुणा शुल्क बढाउने तयारी यस्तो छ

३ भाद्र २०७४, शनिबार ०९:२६


भदौ ३, काठमाडौं । सडक बोर्ड नेपालले सवारीसाधन चलाएबापत सवारीधनीले तिर्नुपर्ने सडक दस्तुर बढाउने प्रस्ताव गरेको छ । 

बोर्डले सडकमा सवारीसाधन चलाएबापत तिर्नुपर्ने दस्तुरलाई करिब पाँच गुणासम्म बढाउने प्रस्ताव गरेको हो । बोर्डले अहिले विभिन्न चारवटा राजमार्गमा सवारीसाधन चलाएबापत लिने सडक दस्तुरबाट वार्षिक ११ करोड ९४ लाख ४६ हजार रुपैयाँ संकलन गर्दै आएको छ । 

सडक मर्मतमा आवश्यक रकम खर्च गर्न नपुगेको भन्दै बोर्डले सडक दस्तुर बढाउने तयारी गरेको हो । सरकारले दिने गरेको रकमले सडक मर्मत गर्न नपुगेको र आफ्नै स्रोत बढाउन अर्थ मन्त्रालयले पनि सकारात्मक संकेत दिएकाले २०५८ सालदेखि उठाइँदै आएको सडक दस्तुर वृद्धिको प्रस्ताव गरिएको सडक बोर्ड नेपालका निर्देशक सागर ज्ञावालीले जानकारी दिए ।

‘सरकारले देशभरको सडक मर्मत गर्न आवश्यक रकमको जोहो बोर्डले नै गर्नुपर्ने व्यवस्था गरेको छ’, उनले भने, ‘तर आवश्यक स्रोतको अभावमा प्रभावकारी काम नहुने भएकाले आफ्नै स्रोत बढाउन लागिएको हो । सडक मर्मतकै नाममा संकलन हुने सबै शुल्क पनि बोर्डमै ल्याउने पहल भइरहेको छ।’

बोर्डले जुन सडकबाट शुल्क संकलन गर्छ, त्यसैको मर्मतमा रकम खर्च गर्ने दाबी गरेको छ 

बोर्डले हेटैाँडा-नारायणगढ, नारायणगढ-बुटवल, नौबीसे-मुग्लिङ र भैरहवा-भूमही सडकखण्डमा हाल मोटरसाइकलको पाँच रुपैयाँ सडक दस्तुर लिने गरिएको छ । यी सडकखण्डमा अहिले भारी सवारीसाधनको दस्तुर क्रमशः २०, ३०, २५ र १० रुपैयाँ छ । 

तर यी सडकमा प्रस्ताव गरिएको दस्तुर क्रमशः ३०, ४०, ३५ र १५ रुपैयाँ छ । अहिले लिइँदै आएको शुल्कमा कम्तीमा १० प्रतिशतले वृद्धि प्रस्ताव गरेर नयाँ शुल्क तोक्न लागिएको सडक बोर्ड नेपालले जानकारी दिएको छ ।

हालसम्म सडक दस्तुर शुल्क तय भएर पनि उठाउने नगरेका अन्य सातवटा सडकखण्डमा पनि बोर्डले मोटरसाइकललाई १० देखि ३० रुपैयाँ, भारी सवारीलाई सडकअनुसार २५ देखि तीन सय ९० र हलुका सवारीलाई पनि १५ देखि दुई सय ३५ रुपैयाँसम्मको प्रस्ताव गरेको बोर्डको भनाइ छ।

बोर्डले हाल सडक उपभोग दस्तुरमार्फत सीधै संकलन हुने रकम मात्रै वृद्धि गर्ने प्रस्ताव गरेको हो । बोर्डको यो प्रस्ताव सहमतिका निम्ति अर्थ मन्त्रालयमा पुगेको छ । बोर्डले आफ्नो आम्दानीको स्रोत बढाउन गरेको प्रस्ताव सकारात्मक रहेको अर्थ मन्त्रालयका उपसचिव दिलीप अधिकारीले

बताए । बोर्डले नयाँ दस्तुर उठाउन ठेकेदार छनोटका लागि सार्वजनिक प्रस्तावको अन्तिम तयारी पनि गरिसकेको छ । सरकारबाट प्रस्ताव स्वीकृत हुनासाथ नयाँ दस्तुर उठाउन उपयुक्त ठेकेदार छनोटका लागि प्रस्ताव आह्वान गर्ने बोर्डको भनाइ छ ।

बोर्डले उठाएको यस्तो शुल्क जुन सडकबाट संकलन हुने हो, सोही सडक मर्मतमा खर्च गर्ने दाबी पनि गरेको छ । बोर्डको मर्मतको दायित्व देशभरका राजमार्ग र बाह्रै महिना सवारी चल्ने स्थानीय सडक पनि हुन् । हाल बोर्डले सीमित राजमार्गमा मात्रै यस्तो शुल्क उठाएर सोही क्षेत्रको मर्मतमा खर्च गर्ने गरेको ज्ञवालीले बताए ।

बोर्डले हाल आफैले उठाएकोबाहेकको शुल्क सरकारले करका रूपमा लिने गरेको छ । उक्त रकम सीधै बोर्डलाई प्राप्त हुँदैन । वार्षिक २० अर्ब रुपैयाँ संकलन हुने भए पनि सरकारले भने बोर्डलाई चार अर्ब रुपैयाँ मात्रै निकासा दिने गरेको छ । तसर्थ बोर्डले सबै रकम निकासा गरेर प्रभावकारी सडक मर्मत गर्न सकिने किसिमले दस्तुर बढाउने तयारी थालेको हो ।

यस्तो सडक मर्मत शुल्क बोर्डले सडक विभागअन्तर्गतको सडक मर्मत महाशाखालाई राजमार्गको मर्मत र स्थानीय सडकलाई सोही क्षेत्रको मर्मतमा निकासा गर्दै आएको छ । -अन्नपूर्ण पोष्टबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश