2026-09-22 02:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँशक्ति छाडेका नेता ‘माओवादीतिरै’

भदौ ४, काठमाडौं । नयाँ शक्तिबाट बाहिरिएका देवेन्द्र पौडेलसहितका नेताले मूल पार्टी माओवादी केन्द्रमै फर्किने तयारी गरेका छन् । 

माओवादीमा फर्किने निर्णयका लागि उनीहरूले (मंगलबार) ६ भदौमा राष्ट्रिय भेला बोलाएका छन्। उक्त भेलाबाट बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टी छाड्नुपर्नाको कारणसहित नयाँ ध्रुवीकरणको आवश्यकताका विषय समेटिएको घोषणापत्र पारित गर्ने र त्यसपछि माओवादी केन्द्रसँग एकता गर्ने कार्यसूची उनीहरूले बनाएका छन् ।

राष्ट्रिय भेलाअगाडि नै माओवादीसँग एकताको सैद्धान्तिक आधार तयार पार्न र संगठनात्मक संरचनामा सहमति जुटाउन दुवै पक्ष सम्मिलित वार्ता टोलीबीच छलफल भइरहेको छ। दुवै पक्षले वार्ता टोली नै गठन गरेर शनिबार एकताका आधार तयार गर्न छलफल गरेका छन् ।

बालुवाटारस्थित ‘नेपाल हाउस’ मा दुवै पक्षबीच भएको छलफलले आगामी साताभित्रै पार्टी एकता गर्ने गरी एकताका सैद्धान्तिक आधारबारे छलफल गरेको नेता वामदेव क्षत्रीले जानकारी दिए । ‘हामी वार्ताकै क्रममा छौं, केही सैद्धान्तिक विषयमा छलफल चलिरहेको छ ।

आइतबार बेलुकीसम्म एउटा खाका आउँछ,’ उनले भने। छलफलमा पौडेल नेतृत्वको समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डामा सहमत हुने, पूर्ण समानुपातिक सदनको व्यवस्थाका लागि एकमत हुने, अहिले रहेको माओवादीको संगठनलाई विघटन गरेर नयाँ ढंगले पुनर्गठन गर्ने र बाबुराम भट्टराईले अगाडि सार्दै आएको पाँच ‘स’को अवधारणालाई स्वीकार गरेर आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नुपर्नेलगायत प्रस्ताव राखेको छ। उनीहरूले आर्थिक व्यवस्थाका सवालमा नयाँ ढंगले बहस सुरु गर्नुपर्ने तर्क पनि गरेका छन् ।

शनिबारको छलफलमा माओवादीका तर्फबाट नेता रामबहादुर थापा र वर्षमान पुन तथा पौडेल नेतृत्वको समूहबाट पौडेल, वामदेव क्षत्री, महेन्द्र पासवान, पासाङ शेर्पा र अमरध्वज लामा सहभागी थिए। नयाँ शक्तिका नेताहरूको संगठनात्मक व्यवस्थापनका लागि विभिन्न विकल्पमा रहेर छलफल भएको अर्का एक नेताले बताए ।

पौडेल समूहले माओवादीको जम्बो आयोजक समिति भंग गरी नयाँ ढंगले संरचना निर्माण गर्न गरेको आग्रहमा माओवादी नेताले भने पार्टी त्यसैको तयारीमा रहेको तर केही समय लाग्ने जानकारी गराएका थिए । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ