2026-07-24 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बाल सवाल उजागरका लागि बाल पत्रकार तालिम संचालन

दलसिंह गिरी/भदौ ५, कालिकोट । स्थानीय स्तरमा बिद्यमान बालबालिकाहरुका समस्याहरुलाई संचार माध्याम मार्फत सार्वजनिकरण गरि बालबालिका सवालहरु सम्वोधन गर्न र गराउनका लागि जिल्लाभर २४ जना बालपत्रकार तालिम संचालन भएको छ । 

सेभ द चिल्ड्रेन, किर्डाक नेपाल कालिकोट द्धारा संचालित सहयात्रा परियोजना अन्र्तगत बालअधिकारका लागि परियोजना संचालन भएका साविकका १२ वटा गाविसहरु (मुम्रा, मेहलमुडी, रकु, कोटवाडा, कुमालगाँउ, रुप्सा, माल्कोट, लागु, राँचुली, फोइमहादेव, चिल्खाया, ओदानकु) का २४ जना बालबालिकाहरु छनोट गरी रेडियो थाहा संचार द्धारा तालिम संचालन भएको छ । 

स्थानीय सामुदायिक रेडियो नयाँ कर्णालीको समन्वयमा संचालित तालिममा समुदाय स्तरमा बालबालिका माथिका हिँसा, दुब्र्यवहार, शोषण, भेदभाव, बालविवाह, शिक्षक र बिद्यार्थी अनियमितता, बिद्यार्थी तथा समुदाय स्तरमा बालबालिकाहरुको नेतृत्वमा गर्ने उदेश्यले बालपत्रकारहरुको शूरुवात गरिएको रेडियो नयाँ कर्णालीका स्टेशनम्यानेजर भरतराज बिष्टले बताएका छन् । 

बालअधिकार संरक्षण र प्रर्बधनका क्षेत्रमा बालबालिकाहरुको आवाज स्थानिय संचार माध्याम मार्फत सरोकारवा सम्म पुर्याई उक्त समस्याहरुलाई समाधान गर्ने र बालबालिका समस्याहरुलाई  सामाजिक सरोकारको रुपमा स्थापित गराउनुका साथै पत्रकारिता क्षेत्रमा बालबालिकाको नेतृत्वबिकास गर्ने उदेश्य तालिमले लगेको सेभ द चिल्ड्रेनका शिक्षा अधिकृत प्रमोद न्यौपाने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक