१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ९ औं महाधिवेशन फागुनमा

७ जेष्ठ २०८२, मंगलवार १२:५७

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ९ औं महाधिवेशन फागुनमा आयोजना हुने भएको छ । केन्द्रीय समितिको बैठकले फागुनमा महाधिवेशन गर्ने निर्णय गरेको हो । फागुन १, २ र ३ गते महाधिवेशन गर्ने निर्णय भएको प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले जानकारी दिइन् । बैठकले प्रतिष्ठान जिल्ला वा सो सरहका समितिको अधिवेशन भदौ १४ गते गर्ने र प्रतिष्ठान प्रदेश वा सो सरहका समितिको अधिवेशन भदौ २८ गते गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका उपमहासचिव शिरिष देवकोटाका अनुसार प्रदेश र महाधिवेशनका प्रतिनिधि जिल्ला अधिवेशनकै दिनमा टुंगो लगाउने निर्णय समेत भएको छ । त्यसका साथै प्रतिष्ठानको सदस्यता डिजिटल्ली वितरण र व्यवस्थापन गर्ने निर्णय पनि गरिएको छ । महाधिवेशनले ३ वर्षका लागि नयाँ कार्यसमिति चुन्नेछ । महाधिवेशन स्थान भने तोक्न बाँकी छ ।

यसअघिको महाधिवेशनबाट मगर अध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । उनी प्रतिष्ठानको दुई दशकभन्दा लामो इतिहासमा पहिलो महिला अध्यक्ष समेत हुन् । वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा छन् । संस्थामा ३० हजार हाराहारी साधारण सदस्य, ३ हजार हाराहारी आजीवन सदस्य छन् । जिल्ला, प्रदेश, उपत्यका र विदेश कार्यसमिति गरेर प्रतिष्ठानको १ सय भन्दा बढी शाखा समिति छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने