भदौ ६, काठमाडौँ । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षाको शुल्क नलिने भएको छ । 

सर्वोच्च अदालतका न्यायाध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ६, काठमाडौँ । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षाको शुल्क नलिने भएको छ । 

सर्वोच्च अदालतका न्यायाध"/>

२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा नि:शुल्क

२०७४, ६ भाद्र मंगलवार ०१:५६


भदौ ६, काठमाडौँ । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षाको शुल्क नलिने भएको छ । 

सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले प्रयोगात्मक परीक्षार्थीका लागि गाडी उपलब्ध गराएबापत परीक्षार्थीबाट दस्तुर/शुल्क असुल गर्ने काम नगराउन मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेपछि यस्तो व्यवस्था गरिएको हो।

यसअघि ‘श्रीभेइकल सोलुसन एन्ड रिसर्च सेन्टर’ ले विभागसँग सम्झौता गरी प्रयोगात्मक परीक्षामा गाडी उपलब्ध गराएबापत परीक्षार्थीबाट शुल्क लिँदै आएको थियो। 

यसरी शुल्क लिनु अवैधानिक भन्दै दीपक पराजुलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई विपक्षी बनाई रिट दायर गरेका थिए। ‘सम्मानित अदालतको आदेशअनुसार हामी परीक्षार्थीलाई नि:शुल्क गाडी उपलब्ध गराउँछौं,’ यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले भने, ‘यो अन्तरिम आदेश हो, जब पूर्ण फैसला हुन्छ, त्यसपछि विकल्प खोज्नुपर्छ।’

सेन्टरले ३ वर्षअघि प्रयोगात्मक परीक्षाका लागि यातायात व्यवस्था विभागलाई गाडी उपलब्ध गराउने सम्झौता गरेको थियो। विभाग र सेन्टरबीच २०६९/१२/२२ मा भएको सम्झौताको म्याद २०७३/१२/२२ मा सकिएको थियो। 

२०७३/१२/२५ मा पुन: ६ महिनाका लागि साविकै दरमा सेवा दिने सम्झौता भएको थियो। यसअघि पनि सर्वोच्चकै न्यायाधीश भरतबहादुर कार्कीको एकल इजलासले उक्त सम्झौता तत्काल कार्यान्वयन नगर्न भन्दै मन्त्रालयका नाममा आदेश जारी गरेको थियो।

त्यसपछि न्यायाधीश कल्याण श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्कीको संयुक्त इजलासले सवारी चालक अनुमतिपत्र वितरणका लागि सञ्चालन गरिने प्रयोगात्मक परीक्षा व्यवस्थित गर्न निर्देशिकाअनुसार नै देखिएकाले सर्वसाधारणको ‘सुविधा र हितको सन्तुलनको दृष्टि’ ले अन्तरिम आदेश दिन नमिल्ने भन्दै न्यायाधीश कार्कीको आदेश खारेज गरिदिएको थियो।

त्यसयता सेन्टरले यातायात व्यवस्था विभागलाई प्रयोगात्मक परीक्षाका लागि १० वटा अल्ट्रो कार, १० वटा मोटरसाइकल र १० वटा स्कुटी उपलब्ध गराउने सम्झौता गरेको थियो। 

विभागले मीनभवन, बग्गीखाना, भक्तपुर, सुकेधारा र सानोभर्‍याङमा प्रयोगात्मक परीक्षाका लागि गाडी उपलब्ध गराउँदै आएको छ। विभागका अनुसार दैनिक २ हजार परीक्षार्थीले सवारी अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा दिन्छन्। सेन्टर सञ्चालकसँग नि:शुल्क गाडी उपलब्ध गराउने मौखिक सहमतिसमेत भइसकेको महानिर्देशक भट्टराईले बताए।

‘अर्को विकल्प नभएसम्म श्रीभेइकल सोलुसन एन्ड रिसर्च सेन्टरले नि:शुल्क गाडी दिन्छ,’ उनले भने, ‘त्यसबारे छलफल भइसकेको छ।’ सेन्टरलाई हरेक परीक्षार्थीले मोटरसाइकलको ४७ रुपैयाँ, स्कुटरको ४६ रुपैयाँ, कारको ९३ रुपैयाँ, जिपको १२३ रुपैयाँ, भ्यानको १२२ रुपैयाँ, टेम्पोको १६३ रुपैयाँ, मिनीबसको २०९ र बसको २११ रुपैयाँ हरेक परीक्षार्थीले दस्तुर बुझाउनुपर्ने सेन्टर र विभागबीचको सम्झौतामा उल्लेख छ।  -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु