2026-10-31 10:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

झोलुंगे पुल दुई वर्षमै जीर्ण, जोखिम मोलेर यसरी यात्रा गर्छन सर्वसाधारण


भदौ ७, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. १२ स्थित चरंगहवा नदीको झोलुंगे पुल जीर्ण भएपछि यहाँका बासिन्दाहरु जोखिम मोलेर यात्रा गर्दछन । 

पुल अडयाउन निर्माण गरिएको पर्खालसँगैको ‘फाउण्डेसन’ बाढीले भत्काएपछि स्थानीय बासिन्दाहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन । यो क्षेत्रमा पर्ने मानपुर र जोशीडिहवा गाउँबीच ओहोरदोहोर गर्ने अर्को विकल्प नभएपछि सर्वसाधारण यही जीर्ण झोलुंगे पुलबाट आवतजावत गर्ने गरेका छन । 

पुलको पूर्वपट्टिको फाउण्डसेन बाढीले बगाएका कारण सर्वसाधारण करिब २० फिट हाम फालेर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन । बाढीले पुल समेत बगाउँनलाग्दा समेत सम्बन्धित निकाय मौन रहेको सर्वसाधारणहरु बताउँछन । 

१२० मिटर लम्बाइको पुलको बीच भाग कोल्टे परिसकेकाले आवतजावत जोखिमपूर्ण बनेको छ । कृष्णनगर नगरपालिका वार्ड न. १२ अन्तर्गत मानपुर, जोशीडिहवा, बरइपुर, भदई, हथियागढ र नारायणापुर गाउँका करिब एक सय ५० घरका बासिन्दाहरुलाई दैनिक उपभोग्य वस्तु खरिद गर्न, नगरपालिकाको कार्यालयसम्म आउन, औषधीउपचार गर्न अस्पताल जान लगायतका कामका लागि यो पुल तर्नुपर्छ । 

खोला तर्न नसकेर प्रत्येक बर्खा को बेलामा दुई महिना भन्दा बढि विद्यार्थीहरुको पढाइ प्रभावित हुने गर्छ । पुल तर्ने क्रममा बालबालिका, वृद्धवृद्धा र बिरामीहरुलाई  निकै सास्ती हुने गरेको छ । 

प्रायः चाप रहने ईदगाहा घाटस्थित जीर्ण अवस्थामा रहेको झोलुंगे पुलको फाउण्डेसन यसअघि बाढीले बगाउँदा मर्मतको नाममा टालटुल पार्ने गरिएको थियो । आर्थिक वर्ष २०७१÷७२ मा निर्माण सम्पन्न भई सञ्चालनमा आएको एक सय २० मिटर लम्बाइको उक्त पुलको फाउण्डेसन बर्सेनि बाढीले भत्काउने गरेको छ । ‘हामीहरू यही पुलको माध्यमबाट सदरमुकाम र भारत जानुपर्छ’ स्थानीय शाहबाज खानले भने,  ‘बाढी आउँदा कतिको ज्यानै गएको छ ।’

जिल्ला विकास समितिमार्फत लुम्बिनी एकीकृत विकास संस्था (लिडो) नेपालको समन्वयमा उपभोक्ता समितिमार्फत यो पुल निर्माण गरिएको हो । पुलको फाउण्डेसनमा वरिपरि ढुंगाको पर्खाल लगाइए पनि बीचमा बालुवा मात्र भरिएकोले वर्षाको पहिलो बाढीले बगाएको हो । 

पश्चिमाञ्चल क्षेत्रमा झोलुंगे पुलको निर्माण कार्यमा सहयोग गर्दै आएको बुटवल रूपन्देहीको ’ट्रेल ब्रिज सपोर्ट युनिट’ (टीबीएसयू) को लगानीमा जिल्ला विकास समिति र लुम्बिनी एकीकृत विकास संस्थामार्फत उपभोक्ता समितिसँग समन्वयमा पुल निर्माण भएको थियो । 

पुल निर्माणका लागि ५४ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरी टीबीएसयूले जिल्ला विकास समितिलाई  माग गरे पनि उपभोक्ता समितिलाई  १९ लाख मात्र आएकाले भनेजस्तो काम गर्न नसकेको उपभोक्ता समितिका अध्यक्ष सुदीप त्रिपाठीले जानकारी दिए । 

लागतको तुलनामा कम रकम उपभोक्ता समिति सामु आएकाकारण अनियमितता भएको हुनसक्ने कृष्णनगर नगरपालिका वार्ड न. १२ का वडाध्यक्ष छेदीप्रसाद यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय