इमरान खान,भदौ ७, कपिलवस्तु ,कपिलवस्तुको वाणगंगा नगरपालिका क्षेत्रका यूवाहरुले सामाजिक कार्यका लागि छोटो समयमा चर्चा बुटुल्दै चेतनशिल प्रतिष्ठान कपिलवस्तुले जिल्ला स्तरीय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान,भदौ ७, कपिलवस्तु ,कपिलवस्तुको वाणगंगा नगरपालिका क्षेत्रका यूवाहरुले सामाजिक कार्यका लागि छोटो समयमा चर्चा बुटुल्दै चेतनशिल प्रतिष्ठान कपिलवस्तुले जिल्ला स्तरीय "/>

2026-09-16 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चेतनशिल प्रतिष्ठानको खुल्ला तीज गीत प्रतियोगीता सम्पन्न

इमरान खान,भदौ ७, कपिलवस्तु ,कपिलवस्तुको वाणगंगा नगरपालिका क्षेत्रका यूवाहरुले सामाजिक कार्यका लागि छोटो समयमा चर्चा बुटुल्दै चेतनशिल प्रतिष्ठान कपिलवस्तुले जिल्ला स्तरीय खुल्ला तीज गीत प्रतियोगीता राखेको छ ।

वाणगंगा नगरपालिका का नगर प्रमुख मेयर मंगल प्रसाद थारु द्वरा शान्तिको प्रतीक परेवा जोडि उडाएर कार्यक्रमको उदघाट्न गर्नु भएका थिए । प्रतियोगीता मार्फत नेपाली कला संस्कृतिको जर्गेना गर्ने उद्देश्य अनुरुप प्रतिष्ठानले प्रतियोगीता राखेको हो । प्रतिष्ठानले राखेको लक्ष्य अनुसार रु. ९८ हजार रकम उठेको चेतनशील प्रतिष्ठानका कोषाध्यक्ष सन्दिप अर्यालले जानकारी दिनुभएको छ । उठेको रकम माध्ये कार्यक्रम व्यवस्थापनमा रु. ९० हजार खर्च भएको, र रु. ८ हजार एम्बुलेन्स सञ्चालनार्थमा राखिने जनाइएको छ । आगामी दिनमा सांस्कृतिक कार्यक्रम, देउसीभैलो र सामाजिक कार्य जस्ता काम गरी यस क्षेत्रमा एम्बुलेन्स सञ्चालन गर्न रकम उठाउने चेतनशिल प्रतिष्ठानको लक्ष्य राहेको छ ।

 जिल्लाका १३ टीमको सहभागीता रहेको तीज गीत प्रतियोगीतामा चिल्ड्रेन प्याराडाईज बोर्डिङ स्कुल प्रथम स्थान आउन सफल भएको छ । उसले नगद स्वरुप रु १० हजार रुपैया र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै स्मृती यूवा समुह ओदारी प्रतियोगीतामा दित्तिय स्थान आउन सफल भएको छ । उसले रु. ७ हजार नगद र प्रमाणपत्र पत्र प्राप्त गरेको छ । सूर्योदय यूवा क्लब बुद्धभुमि ९ चौवन्नपुर तृतीय भएको छ । उसले नगद रु. ५ हजार र प्रमाणपत्र पाएको छ । प्रतियोगीतामा सान्त्वना स्थानमा श्री सहयोगी महिला बहुउद्देश्यिय सहकारी संस्था ठाकुरापुर आएको छ । उसले नगद रु. ३ हजार र प्रमाणपत्र प्राप्त गरेको चेतनशिल प्रतिष्ठानका अध्यक्ष अशिम भट्टराईले जानकारी दिनुभयो । प्रतियोगीतामा सहभागीता हुने टीममा ७ जना अनिवार्य हुनुपर्ने नियम बनाइएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

साथै उक्त अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले भव्य सांस्कृति प्रस्तुती देखाएका थिए । तीज गीत गाउँदै कलाकारहरुले महोललाई गुञ्जयमान गराएका थिए । कलाकारको साथमा दर्शकहरु पनि निकै रमाएका थिए । छोटो समयमा चर्चा बटुल्दै वाणगंगा क्षेत्रका यूवाहरुले सामाजिक कार्यका लागि हालै स्थापना गरेको चेतनशिल प्रतिष्ठानले यस क्षेत्रमा सामाजिक कार्य गरि चर्चा बटुल्न थालेको छ । केहि महिना अघि कपिलवस्तु सामुदायिक अस्पतालमा रक्तदान कार्यक्रम राखेको चेतनशिलले अहिले नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा प्रतियोगीताको आयोजना गरेको हो । नेपालीहरुको मौलिक कलाको संरक्षण र सम्बर्धन गर्नका लागि खुल्ला तीज गीत प्रतियोगीता राखेको प्रतिष्ठानका संरक्षक समिर सायरले बताउनुभयो । आउने दिनमा एम्बुलेन्स सञ्चालनार्थ विभिन्न कार्यक्रम गरिने उहाँले बताउनुभयो । यसपालि समय अभावको कारण सोचजस्तो रकम उठ्न नसकेको भट्टराईले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो